Friday 20th March 2026

नेपाल कुवेत सांस्कृतिक मञ्चको तीज विशेष सांगीतिक कार्यक्रम आगामी ८ सेप्टेम्बरमा हुने


कुवेत – कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव नभएर ८ सेप्टेम्बरका दिन कार्यक्रम गर्न लागिएको जनाउँदै कार्यक्रम गर्ने मिति परिवर्तन गर्न पर्ने भएकाे हुनाले दर्शक सामु क्षमायाचना माग्दै उक्त दिन कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू उपस्थित भई दिनु हुन समेत आग्रह गरेको छ ।

मञ्चको २२औं प्रस्तुतिको रूपमा रहेको उक्त कार्यक्रमको विशेष अाकर्षणको रूपमा नेपालबाट अाउने लोकदोहोरी गायिका मञ्जु पौडेलकाे साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । मञ्चले स्थापना कालदेखि नै हरेक वर्ष नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज विशेष सांगितिक धमाका गर्दै आएकोछ । कुवेतबासी सम्पुर्ण नेपालीहरूको साथ, सहयोग र समर्थनले गर्दा नै सांस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्णा, सांगीतिक मनोरन्जन तथा सामाजिक सेवाका कार्य सम्पन्न गर्न नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुलाइ समेट्न सफल भएको छ ।

स्मरण रहोस, कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्चले स्थापनाकाल देखि नै सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ भने कुवेतमा नेपालीहरूमाझ सामुहिक रूपमा नेपाली चाडपर्वहरू मनाउने देखि चाडपर्वहरू लक्षित सांस्कृतिक कृयाकलापहरू गर्दै आइरहेको छ । प्रवासबाट नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्धनमा लागि परेको यस संस्थाले प्रवासबाटै पनि धेरै कलाकारहरू जन्माइसकेको छ ।

कार्यक्रमको विवरण
मितिः सन २०२३ सेप्टेम्बर ८ तारिक शुक्रबार ।
समयः दिनको ठिक १ बजे ।
स्थानः Aspire indian international School, Abbasiya, Kuwait.


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...