Wednesday 14th January 2026

चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बरमा चाैथो सांगीतिक कार्यक्रम गर्ने


कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् ।

चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकारलाइ कुवेत ल्याएर सांगीतिक कार्यक्रम गर्ने तय भएपनि नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा निर्णय भइ नसकेको बताउँदै केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष बि.क. ले बताए ।

कुवेत नगरीमा सन् २०१६ मा ‘अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन’ भन्ने मुल नारा साथ स्थापना भएको यस संस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक सेवाका कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यरूपमा सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने समाजले जनाएको छ ।

समाजले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि समाजले आग्रह गरेको छ ।

कार्यक्रमको विवरणः
मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार ।
स्थान – तय नभएको ।
समय- तय नभएको ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...