Saturday 5th July 2025

नेपालको परिवेशमा आजको समाज


सुशिल बस्याल – ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ ।

वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका छन, बिहान बेलुकी हातमुख जोर्न पनि मुस्किल छ तर पल्लो कोठामा उत्सव मनाइदै हुन्छ । धेरै फरक छ सहर अनि ग्रामीण भेगमा बस्ने मानिसहरुको जिवनशैली ।

आफ्नो संस्कार संस्कृतिलाई चटक्क बिर्सेर अर्काको संस्कृति र परम्परा प्रति सम्मोहित हुनेहरु स्वार्थ र दुराचारमा फसेका छन । जस्तोसुकै परिश्थितिमा पनि राष्ट्र, राष्ट्रियता, सदभाव र मेलमिलापको स्थिती कायम रहेको भेटिन्छ भनेर नेपाली समाजको प्रतिष्ठा बिश्वमा नै गरिमामय छ तर आरोह र अवरोहले सिकार गरिरहेको हाम्रो समाजलाई संरक्षण गर्न प्रत्येक नागरिक सकृय हुन आवस्यक छ । आफ्नो संस्कार, संस्कृति, भेषभुषा, धर्म र परम्परालाई बिशेष ध्यान दिनुपर्छ ।

बिहान साँझ घरगोठबाट निस्किएका धुवाँले र लिपिएका दलानहरुले मान्छेको अस्तित्व बुझाएको छ। बुढाबुढीले सकुन्जेल त जोतिएका छन खेतबारी। ढिकी जाँतो बज्न छाडेको त वर्षौ भयो होला ? गाउँमा पाका मानिसहरु चौपारीमा बसि गफ गर्ने चलन पनि हट्यो। केटाकेटी भेला भै दोबाटोमा भाडाकुटी खेल्न छाडे । हुन त गाउँमा डोजरले नकोरेको कुनै ठाउँ छैन । सहरमा जत्तिकै बाटो बिस्तार भएको छ । वर पिपल स्वामी सबै ढालिएका छन । गाउँघरका मानिस आफ्नै गाउँ शून्य बनाएर झिटी गुन्टा बोकी सहर तिर प्रवेश गर्दा बिस्तारै शुन्य हुँदै रित्तिएका छ्न गाउँहरु ।

-बगनासकाली-८, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...