Wednesday 7th October 2026

सिनेटर काकर बने पाकिस्तानको कामचलाउ प्रधानमन्त्री


पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवर उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् ।

बलुचिस्तान अवामी पार्टी (बीएपी) का सांसद सिनेटर अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्न प्रधानमन्त्री शहबाज शरीफ र निवर्तमान राष्ट्रिय सभाका विपक्षी नेता राजा रियाजबीचको दोस्रो चरणको परामर्शपछि यो निर्णय आएको हो ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसदको तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि यस सम्बन्धी सारांश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काकर मार्च २०१८ देखि पाकिस्तानीे सिनेटका सदस्य रहँदै आएका छन् । उहाँ सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको सिनेटमा निर्वाचित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...