Wednesday 7th October 2026

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, ६० दिने सङ्कटकालको घोषणा


एजेन्सी – इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको चुनाबी र्‍यालीको समयमा गोली हानी हत्या गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार रहेका राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियो बुधबार राजधानी क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो । राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन् ।

“राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भनेका छन् ।

दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिकगिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...