Wednesday 7th October 2026

इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता


इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए ।

संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव फेला परेका छन् । उनीहरूले ५७ जना आप्रवासीको उद्धार पनि गरेका छन् ।

सुरक्षाकर्मीले जहाजको टुक्राको अनुसन्धान गरिरहेको बताएका छन् । मानव तस्करलाई समुद्रको खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भए पनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन जहाज अघि बढाएको इटालीका सुरक्षा अधिकारीहरूको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...