Wednesday 22nd April 2026

माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी हेरफेर


सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। सो बमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इञ्चार्ज बनाएको छ । गैरभौगोलिक प्रदेशका रुपमा चिनिने विशेष प्रदेश समितिका रुपमा कार्यरत सो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई उक्त जिम्मेवारी दिइएको हो ।

यस्तै उपमहासचिव जनार्दन शर्मालाई वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश इञ्चार्ज र सचिव देवेन्द्र पौडेललाई गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इञ्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इञ्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी दिइदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इञ्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इञ्चार्जको जिम्मेवारीमा गणेश साह छन् भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिननाथ शर्माले पाएका छन्।

यसैगरी जनवर्गीय सङ्गठनका सबै फ्याक्र्सन इञ्चार्ज पनि परिवर्तन गरिएको छ । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरुको समेत जिम्मेवारी तोकिएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

प्रतिकृयाहरू
...