Wednesday 22nd July 2026

चीनको राजधानी बेइजिङमा भिषण वर्षा हुँदा २० को मृत्यु, दर्जनाै बेपत्ता


चीनको राजधानी बेइजिङमा लगातारको अविरल वर्षाका कारण २० जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो। साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए। उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ।

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ।। सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्। वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो। राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन्।

बेइजिङको बाढी भण्डारण जलाशयलाई २५ वर्षअघि निर्माण गरिएपछि नदीहरू खतरनाक तहमा पुगेकाले पहिलो पटक प्रयोग गरिएको थियो। बेइजिङमा आधुनिक चीनको स्थापना भएदेखिकै सबैभन्दा शक्तिशाली आँधीले ग्रस्त भएको बेला जुलाई २०१२ मा आएको भीषण आँधीबाट विगत केही दिनमा भएको वर्षाले रेकर्ड नाघेको सहर सरकारले जनाएको छ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ। अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन्। साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन्।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी सीमासँग जोडिएको बंगलादेशको सिलहट क्षेत्रमा अमेरिका र बंगलादेशले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दुवै देशले यो अभ्यासलाई…

इरानको सैन्य रणनीतिक कमाण्ड “खातम अल–अनबिया केन्द्रीय मुख्यालय” (Khatam al-Anbiya Central Headquarters) ले अमेरिकाले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएमा त्यसलाई…

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

प्रतिकृयाहरू
...