Tuesday 18th August 2026

पाकिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ४४ को मृत्यु


उत्तरपश्चिमी पाकिस्तानमा एक राजनीतिक र्‍यालीमा आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा ४४ जनाको मृत्यु हुनुका साथै करिब २०० जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी बाजौर जिल्लाको खारको बाहिरी भागमा आइतबार रूढिवादी जमियत उलेमा-ए-इस्लाम (JUI-F) पार्टीको भेलामा विस्फोट भएको थियो।

अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ। अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। आक्रमणको कारण भने खुल्न सकेको छैन भने अहिलेसम्म कसैले पनि सो हमलाको जिम्मेवारी लिएको छैन । सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रान्तीय प्रहरीले एक विज्ञप्तिमा भनेको छ कि आत्मघाती हमलाकारीले पार्टीका धेरै वरिष्ठ नेताहरू बसेको मञ्च नजिकै आफ्नो विस्फोटक भेस्ट विस्फोट गराएको थियो। यसले प्रारम्भिक अनुसन्धानले आक्रमणको पछाडि ISIL (ISIS) समूह हुनसक्ने सुझाव दिएको छ र अधिकारीहरूले अझै अनुसन्धान गरिरहेका छन्।

राष्ट्रपति असरफ घानीको सरकारको पतनपछि छिमेकी अफगानिस्तानमा सशस्त्र समूह सक्रिय भएको छ । यसले अफगानिस्तानको तालिबान प्रशासनको विरोध गर्दछ र उनीहरूका सदस्यहरू छिद्रपूर्ण पहाडी सीमा पार गरेर पेशावर क्षेत्रमा लुकेका छन्।

-अलजजिरा न्यूजबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया…

प्रतिकृयाहरू
...