Tuesday 5th December 2023

बंगलादेशमा डेंगीका कारण १८५ जनाको मृत्यु


एजेन्सी – बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ । देशमा भारी मनसुन वर्षाले व्यापक रूपमा संक्रमण र अस्पतालहरू भरिंदा बंगलादेश घातक डेंगु प्रकोपसँग जुधिरहेको छ।

महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महिना ५ हजार ९ सय ५६ जनामा डेंगीको संक्रमण देखिएको थियो । जुलाईको हालसम्म थप २७ हजार २ सय ९२ जनामा डेंगी देखिएको छ । यो अवधिमा ढाकामा १ हजार २ सय ३८ सहित दुई हजार २ सय ९३ जना नयाँ डेंगीका बिरामी फेला परेको बंगलादेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेंगीका बिरामी घर फर्केका छन् ।

बंगलादेशमा डेंगीले महामारीकै रूप लिएपनि सरकारले आधिकारिक रूपमा महामारी घोषणा गरेको छैन । यसैबीच स्वास्थ्यविद्हरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् ।

अधिकारीहरूले भने कि यस वर्ष डेंगी रोगबाट मृत्यु दर ०.५३ प्रतिशत पुगेकत्र छ जुन गत वर्षको ०.४५ प्रतिशतको तुलनामा धेरै नै बढि हो । गतवर्ष बंगलादेशमा डेंगुबाट रेकर्ड २८१ जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

भारतको भाजपाले राष्ट्रिय चुनाव अघि चार मध्ये तीन राज्यको चुनाव जितेको छ, हिन्दू राष्ट्रवादी पार्टीले छत्तीसगढ र राजस्थानमा कांग्रेसबाट नियन्त्रण…

नारायण कोइराला - साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा…

सुन्दा नै अचम्म लाग्ने घटना युगाण्डामा भएको छ । एउटा होईन दुई वटा बच्चा त्यो पनि ७० बर्षको उमेरमा जन्मिनु…

प्रतिकृयाहरू
...