Monday 24th August 2026

आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटायो, अबदेखि स्वचालित मुल्य लागु हुने


नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाउको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । हाल बजारमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मटितेल १५० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर १३६ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।

यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुन्छ ।

साउन महिनादेखि स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । निगमले सबै किसिमका पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, हवाई इन्धन र खाना पकाउने ग्यास)मा स्वचालित मूल्य लागु गरिने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...