Saturday 31st October 2026

ग्रीसमा डुंगा पल्टिंदा ७९ जना आप्रवासीको मृत्यु


ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ७९ जनाको मृत्यु भएको छ । दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ भने मर्नेहरू र उद्दार गरिएकाहरूको राष्ट्रियता खुलाइएको छैन । डुबेर हराइरहेकाहरूको खोजीकार्य जारी छ ।

यो ग्रीसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ भने तीन दिनको शोकको घोषणा गरेको छ।
मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए । डुंगा लिबियाबाट इटली जाँदै गरेको हुन सक्ने बताइएको छ ।

राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्ने बताएका छन् । ग्रिसका अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

प्रत्येक वर्ष, सयौं मानिसहरू भूमध्यसागर पार गर्ने प्रयासमा मर्छन्। फेब्रुअरीमा, दक्षिणी इटालीको क्यालाब्रिया क्षेत्रको कट्रो नजिक आप्रवासीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तिमा ९४ जनाको मृत्यु भएको थियो । ग्रीस मध्य पूर्व, एशिया र अफ्रिकाबाट शरणार्थी र आप्रवासीहरूको लागि युरोपेली संघमा जाने मुख्य मार्गहरू मध्ये एक हो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...