Friday 9th October 2026

रूकुम पश्चिममा जिप दुर्घटना, ५ को मृत्यु, ४ गम्भीर घाइते


रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना परेको हो। बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेको प्रहरीले जनाएको छ ।

१५ जना सवार उक्त जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् । यसमध्ये ४ जनाको अवस्था सख्त रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएको बताइएको छ । सख्त घाइते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...