Saturday 7th March 2026

सर्वसाधारणको वर्तमान राजनीतिक अवस्थाप्रतिको धारणा


बि. आर. उप्रेती/ केदार नाथ खरेल – नेपालमा २००७ सालसम्म रहेको राणाकालीन शासन अवधि पश्चात २०१७ साल देखि २०४६ सालसम्म राजतन्त्रात्मक शाहकालिन शासन चल्यो । २०४६ सालमा राष्ट्रिय जन आन्दोलनपछि प्राप्त बहुदलीय शासन र २०६३ पछि गणतन्त्रात्मक शासन प्रणाली अध्यावदी छ। यसरी हरेक शासन अवधिमा जनता र राष्ट्रले कति सुख पाए ? कुन शासन अन्तरगत न्याय निसाफ, सुख शान्ति र राष्ट्रको समृद्धि के कति भए त ? विगत देखि हालसम्मको अक्षरस तुलनात्मक मूल्यांकन अहिले धेरै नेपाली जनताहरुले गरिरहेका छन् ।

यतिखेर देशको हालत कस्तो छ ? यो सबै नेपालीलाई विदित नै छ। हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध भोग्नु परिरहेको पिडा मात्रै होइन, भ्रष्टाचार जस्ता राष्ट्र द्रोहीले गरेका अपराध समेत जनता र राष्ट्रले सहनु परिरहेको छ। बहुदलीय शासन प्रणाली गणन्त्रात्मक मुलुकमा दलहरू तँछाडमछाड गरि के कसरी हुन्छ शासन सत्तामा पुग्ने, पालैपालो गरि डाडु पन्यु लिने अनि के चाहियो र ? ढुकुटीको साँचो आफ्नो हातमा हुनेले जे गरेपनि भयो नी । यसरी एउटा पछि अर्को, अर्को पछि क्रमश: हुँदै अहिले राष्ट्रको हालत के भएको छ ? आर्थिक तरलता, विनियोजित राष्ट्रिय बजेटले धान्न धौधौ भएको अबस्थामा मुलुक अवनतितिर बाटो लागिरहेको छ । किन यस्तो अवस्था भयो देशको ? कुरो छर्लङ्ग छ ।

देशमा विकास निर्माणका कामको राष्ट्रप्रेमको भावनाबाट असल काम गरेको भए, उच्च कर्मचारीहरु र जनप्रतिनिधिहरुले राष्ट्र र जनताको सुख समृद्धि होस् भन्ने भावनात्मक ढंगबाट काम गरेको भए देशको आर्थिक अवस्थामा ह्रास आउँथ्यो होला त ? हुन त कति जनप्रतिनिधिहरु (संख्यात्मक हिसाबमा थोरै) आँखामा राखेपनी नबिझाउने छन् तर कुकृत्यका संख्या धेरै भएर देश अधोगतितर्फ उन्मुख हुँदैछ। समयमा आँखा देख्दैनन् जब पर्यो राती अनि ……..ताती भने जस्तै पहिला उच्च पदमा पदासिन भएका जनताका अगुवा, राष्ट्रप्रेमी भनाउँदा उच्च पदका भ्रष्ट कर्मचारीहरु अहिले धमाधम कानुनको फन्दामा पर्दैछन् । अब अरु पनि कानुनी कार्वाहीको लाइनमा होलान्, कतिका भागाभाग भइरहेका होलान् । यसरी देशभर हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार यस्ता कुकृत्य बढ्दै छ। शान्ति सुरक्षाको पुर्ण अनुभव जनताले गरेका छैनन् । यस्तै चर्चा छ देशका कुना काप्चा लगायत हरेक ठाउँमा । जनता र राष्ट्रको सुख समृद्धि कुन व्यक्ति वा कुन समूहले गर्ला भनी अझै पनि प्रतीक्षारत छन् नेपाली जनताहरु ।

बि. आर. उप्रेती
केदार नाथ खरेल
बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...