Wednesday 11th March 2026

नेपालको संविधान जति सक्दो छिटो संशोधन गर्नु पर्छ


डा.अम्बरीश पोख्रेल

तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ?

२. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने गर्दछ। अझ यसमा नयाँ सवारी साधन खरिदको कुनै हिसाब किताब छैन ।

३. जति पटक मन्त्री देखि सरकारी अफिसको ठूलो हाकिम अदल बदल हुने गर्दछ, त्यति पटक महंगो नयाँ नयाँ विदेशी गाडिहरु खरिद गर्ने गर्छन् । बार्षिक दशौं अर्ब रुपैयाँ खर्च गरिन्छ । तर देश भित्र गाडी बनाउने उद्योग खोल्न दिदैनन । विदेशीहरु आएर उद्योग खोल्छु भन्यो भने पनि, अनेक वितण्डा गरेर भगाउँछन् । केही वर्ष अगाडि जापानी तथा कोरियन गाडी कम्पनी याहां आउन खोज्दा, सरकारले उनीहरूलाई जग्गा नदिने भयो । अनि फर्किएर गए ।

४. अझ देशमा जेनतेन स्थापना गरिएका उत्पादन मुखी उद्योग कलकारखाना पनि राम्ररी चल्न नदिने गरी कानुन, नियम, नियमवाली आदि इत्यादि बनाएका छन् आफैले । त्यही अनुसारको समझौताहरु गरेका छन् विदेशीहरुसंग समेत । बिप्पा सम्झौता त्यसको एक ज्वलन्त उदाहरण हो। यो समझौता अनुसार, मापदण्ड विपरीत धेरै विषादी प्रयोग गरिएका तरकारी भारतबाट आउँदा पनि, त्यसलाई रोक्न नसक्ने गरी सम्झौता गरिएको छ। यो प्रकारका अपराधहरु त नेपालका सरकारहरूले दर्जनौं दर्जन गरेका छन। यो सबै छानबिन हुनु पर्दछ अबका दिनहरुमा।

५. बार्षिक खरबौं खर्ब रुपैयाँ बेरुजुको नाममा दामासाहीले बाँडेर खाने रकमको हिसाब किताब गर्न गराउन र असुल उपर गर्न पनि नयाँ कानुन, नयाँ सरकार र नयाँ नेतृत्व चाहिएको छ। ५८७ अर्ब त बेरुजु छ । त्यसको आधा प्रतिशत हिसाब गरे पनि तीन खर्ब (तीन सय अर्ब) रुपैयाँ दामासाहीले बाँडेर खाएको देखिन्छ । त्यो असुल गर्ने गराउने सरकार खोइ ? कुन सरकारले उठाउँछ त्यो राष्ट्रको ढुकुटीको पैशा ?

६. यसरी अहिलेको संविधानले नेपाललाई समृद्ध होइन, झन झन रसातल लग्दै गरेको हुँदा, यो संविधान छिटो भन्दा छिटो संशोधन वा परिवर्तन गर्नु अत्यन्त आवश्यक भइसकेको छ। अहिलेसम्मका सयौ प्रकारका बेथितिहरुको छानबिन गरी दोषीहरुलाई कडा भन्दा कडा कारबाही गर्नु अत्यन्त आवश्यक भइसकेको छ। यसो गरिएन भने नेपालमा टिक्न बस्न नसक्ने अवस्था आइपर्छ । हामी र हाम्रो पुस्ता समेत झन् झन् गरीब देशको नागरिक बनेर विश्व सामु शिर झुकाएर हिड्नु पर्ने छ ।

७. अब यो चरम प्रकारको अव्यवस्था सहनु हुँदैन हामी नागरिकहरुले । यही बेथिति भित्र, कुनै न कुनै रूपमा फाइदा लिएका विस पच्चीस लाख मानिसहरूको झुण्ड छ । हामीले केही कुरा गर्यो कि, झम्टिन आइहाल्छन् तिनीहरू । त्यसैले तिनीहरूको फाटाई कुरामा विश्वास गर्नु हुँदैन हामीले । मनमनै तिरस्कार गर्दै अगाडि बढ्नु पर्छ।

८. यो संविधानमा संशोधन समेत हालका तीन ठूला दलहरुले गर्ने, कुनै छाटकाट छैन आजका दिनसम्म कम्तिमा पनि । किनभने यही संविधानले नै ठूला ठूला अपराधीहरुको संरक्षण गर्ने गराउने काम गरेको छ।

९. त्यसैले नयाँ नेतृत्व, नयाँ समुह वा नयाँ पार्टीे जरूर भइसकेको छ सबै प्रकारका बेथितीहरु ऊपर कसी लगाउनको लागि । तर त्यसको नेतृत्व कसले गर्ला खोइ ? दुःखको कुरा, त्यो नेतृत्व अझै दृश्यमा देखा परेको छैन किन होला । के कोही वीर विरङना अझै जन्मिएको छैन नेपालमा ? छिटो कोही त आउ अगाडि, अनि नेतृत्व गर्न सुरु गर ।
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

प्रतिकृयाहरू
...