Thursday 28th March 2024

रबिले पनि सच्चिनु पर्छ


तोयानाथ उपेक्षित,
ठुला दलले कि त सच्चिनु पर्दछ कि त सक्किनु पर्दछ भनिरहदा नयाँ दलले चाहि केही गरिरहनै पर्दैन भन्ने होईन । यहाँ रबिले पनि सच्चिनु पर्दछ भन्नको मतलब नयाँ शक्ति वा दल वा कुनै पनि स्वतन्त्र उमेद्धारको कुरा गर्न खोज्या हो । रास्वपाको भविश्य उज्वल छ तर उक्त दलले पनि सच्चिनु पर्ने धेरै कुराहरु छन ।

रविले राजनितीमा फाल हान्दै गर्दा उनले आफ्नो नागरिकता र पासर्पोट सम्बन्धमा जुन प्रकारको हेलचेक्राई गरे त्यो एउटा ठुलो भुल थियो । कानून हेर्नेका लागि र षड्यन्त्र गर्नेहरुका लागि एउटा सानो छिद्र नै काफी हुन्छ भन्ने पाठ उनले सिकेको हुन पर्दछ । उनले टेलिभिजन कार्यक्रम चलाई रहदा नै उठेको विवाद थियो नागरिताको तर अमेरिकी नागरिकता त्यागेर मात्र नहुने कुरा बेलैमा बुझ्न सकेको भए यत्रो दुःख पाउनु पर्ने थिएन । शक्तिमा पुगेर फिर्ता हुन पर्ने थिएन । हुन त सवै मानिसमा कानूनको पूर्ण ज्ञान हुदैन र हुनै पर्दछ भन्ने तर्क पनि त्यति बैज्ञानिक होईन तर एउटा राजनैतिक दल खोलेर त्यसको नेता भईसकेका मानिस र त्यो दलसँग सवै क्षेत्रका विज्ञ वा ज्ञाताहरु हुन्छन भन्ने बुझाई सामान्य कुरा हो । तिनले किन बेलैमा उनलाई सहि सल्लाह नदिएर वा उनका कमजोरीहरु रोकेर गल्ती हुनबाट जोगाउन सकेनन भन्ने प्रश्नलाई भने गंभिरतापूर्वक लिनै पर्दछ । रबिले सबै कुरा जान्दछन भन्ने होईन तर उनलाई लाग्यो म सहि छु । आफ्नै देशको काखमा छु, यहिको धर्तिपुत्र हुँ र मसँग रद्ध नगरिएको नागरिकता साथमा छ र यसैले वर्षौ देखि काम गर्दै आएको छु । तर कानूनमा केही प्राविधिक कुरा हुन्छन, तीनलाई ठिकठाक पार्न पर्दछ, एउटा सामान्य नागरिक हुदासम्म कसैको चासो र सरोकारको विषय बन्दैन त्यसो भएकाले त्यहि सहि छ भनेर ठान्नु हुदैन रविको त्या गंभिर भुल भएकै हो । रबिलाई लागेको कुरा जस्तै उनको दललाई वा उनका वकिल वा सल्लाहकारलाई पनि लाग्नु त अझ ठुलो कमजोरी हो । अब उनले कानूनी परामर्शका सम्बन्धमा फेरी कमजोर बन्ने गल्ती नगरुन ।

रबि को विरुद्धमा सिंगो राज्य संयन्त्र, सवै पुराना दलहरु, प्राय ठुला भनिएका सवै मिडियाहरु छन । उनको शत्रुको घेरा विशाल छ तीनले हरदम कमजोर खोजेर बस्दछन रबिलाई कुनै गल्ती गर्ने छुट छैन । उनले मन्त्रालयमा सावधानि नअपनाउदा अघिल्ला मन्त्रिले गरेको गल्तीको अपजस भोग्न परयो या त कर्मचारी ले नयाँ मन्त्री आउने वित्तिकै उनीहरुको लाभ र चासोका विषय मा फसाउन सक्छन भनेर बुझ्न परर्यो । यसपटक सवैका कुनै प्रचार काम लागेनन । यसको मतलब रवि ले कहि कमजोरी गरेका थिएनन भन्ने होईन । यस्तो हर कुरामा उनले हेक्का राख्ने र अधिक सावधानि अपनाउन जरुरी छ ।

जब रबिको दल सत्तामा गयो तब उनले आफैले भनिएका भ्रष्ट दल वा नेताहरुसँग सरकार बनाउन शर्त सहितको लविंग गरे र सरकारमा गए त्यहाँसम्म सहि छ तर त्यो उनको शर्तलाई प्रचण्डले आफू प्रधानमन्त्री बन्नका लागि मात्र सदुपयोग गरे । उनको मनमा पहिले नै खोट थियो भन्ने कुरा रबिले बुझ्न सकेनन । त्यसरी अन्धो भएर विश्वास गर्नु र तिनको प्रशंसा गर्नु अर्को गल्ती थियो । कसैको बहुमत नआएको अवस्थामा कसैन कसै सँग मिल्नु पर्ने थियो त्यहाँ सम्म कुरा ठिक छ तर होसियारीपूर्वक, सावधानिपूर्वक मिल्न सकेको देखिएन । उनीहरुले दिएका बचन र गरेका कवोललाई पाईला पाईलामा परिक्षण गर्दै अघि बढ्ने काम पनि भएन । यति सम्म की आफ्नै मन्त्रालयका सुरक्षा अधिकारीले उनको आदेशको पालना नगर्ने वित्तिकै कुन पावरले उसलाई यो हिम्मत दियो भनेर उनले खोजी गर्न पर्ने थियो र बुझ्न पर्ने थियो खेल कसैले खेल्दैछ । तर रबि यसमा कच्चा देखिए । यति मात्र होईन अदालतले अग्रअधिकार दिएर उनको मुद्धा फास्ट ट्रयाकमा किन लादैछ भनेर पनि उनले हेक्का राख्न सकेनन । त्यसो हुनमा अदालतको मात्र चाहना थिएन अदालतलाई कसैले अर्हाएको वा खटाएको थियो भन्ने कुरामा सचेत भएको देखिएन ।

रबिले गरेको अर्को प्राविधिक तु्रटी बाकी नै छ पासर्पोट, त्यसलाई प्रयोग गरेर प्रचण्ड सरकारले आफ्नो समर्थन कायम राख्न बाध्य बनाएको तितो तर ओकल्न नमिल्ने बाध्यता रबिमा थियो । त्यसमा उनले सुझबुझ देखाए नत्र त्यो पनि महान्यायधिबक्ताको कार्यलयबाट अघि बढाउन सक्थ्यो । त्यसो गरिदिएको भए उपचुनाव लड्नबाट बन्चित गराउन सक्थे । आम जनताले रबिले सरकारलाई दिई रहेको समर्थन मन परेको छैन तर रबि सँग यस्तो बाध्यता छ भनेर सवैले मनमनै बुझिदिउन भन्ने शायद उनको मनमा थियो होला, त्यो कुरा आम जनताले बुझेका थिए र उनको बाध्यतालाई अनुमोदन गरिदिए ।

तर यो खेल समाप्त भएको छैन । अदालतमा अडकाएर राखिएको छ । उनलाई पुन फसाउन सक्ने संभावना जिवितै छ । तर त्यसो हुन्छ भने पनि होस अव रबि झुक्न हुदैन सच्चिनु पर्दछ । उनी एक जना अहिले संसदबाट झरे भने पनि वाग्लेद्धारा पुर्ति भएको छ २० सीट घट्दैन । उनले मुद्धाको सामना गरेर संगठन निर्माणमा समय दिएर अर्को चुनावमा देशैभरी उमेद्धार उठाएर बहुमत ल्याउनु पर्दछ । त्यसपछि ती अदालत र झिनामसिना कानून रबिको विरुद्धमा अग्रअधिकार प्रयोग हुने हैसियतमा रहने छैनन । त्यसपछि बन्ने भनेको उनले प्रम नै हो । यसर्थ पासपोर्टमा फसाउने पो हुन की भन्दै डराउदै भ्रष्ट सरकारलाई समर्थन दिनै हुन्न । सरकारमा सामेल हुन परे गुमाएको गृह मन्त्रालय र प्रतिबद्धता गरेको भ्रष्टहरुको फाईल खोल्ने कुरामा कुनै संझौता गर्न हुदैन । यदि त्यसो भएमा सरकारमा गए पनि केही फरक पर्दैन । होईन केही थान मन्त्री खाएर डेलिभरी दिन्छौ भन्ने कुरा गरियो भने रास्वपाको बाटो सक्किने नै हो । त्यसरी यो भ्रष्ट संयन्त्र र भ्रष्ट दलका नेताहरु सुध्रिनेवाला छैनन बरु रास्वपाका हरेक नेताहरुलाई विस्तारै ढाका कुमार बनाई दिनेछन ।

डेलिभरी दिने बहानामा ती दुई शर्त त्यागेर सरकारमा जाने हो भने रास्वपाको कुनै भविश्य रहने छैन । यसर्थ अब रास्वपाले कुनै गल्ती गर्ने होईन । भ्रष्ट दलहरुसँग मिलेर हुदैन जुधेर राजनितीलाई अघि बढाउनु पर्दछ । देश गरिब छ प्रशस्त बजेट छैन । भएको पनि भ्रष्टतन्त्रले खाई सक्न लाग्यो । जनता सचेत छन विकाश तपाईहरुले गर्न सक्नु भयो भएन महत्वपूर्ण कुरा त्यो हुने छैन नडराउनु होला । तपाईहरुको नियत सफा छ की छैन ? तपाईहरुका एजेण्डा स्पष्ट छन की छैनन, तपाईहरु आफ्ना बाँचा र प्रतिबद्धतामा खरो उत्रन सक्नु हुन्छ की हुदैन त्यो मुल कुरा हो । यसर्थ रास्वपाले सच्चिने भनेको नै आफ्ना मुद्धाहरुमा कस्सिएर लाग्ने भन्ने नै हो । नत्र यो एउटा आशाको दियो पनि निभ्न सक्छ र देश विखण्डन, भाडभैलो र विद्रोहमा फस्न सक्छ । त्यसो नभए राजतन्त्रको पक्षमा पुन जनताले पूर्व राजा फर्काउने घनीभूत प्रयास गर्न सक्दछन ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...