Monday 6th May 2024

घण्टीको उदयलाई रोक्न नखोज


तोयानाथ उपेक्षित,
पुराना दलबाट देश बनेन र बन्दैन भन्ने लगभग पक्का भएपछि ती दलहरुका कार्यकर्ताले खोजेको बैकल्पिक युवाशक्ति रास्वपाप्रति जनलहर सृजना भईरहदा उसलाई कसरी सिद्धयाउने भन्ने विशाल आक्रमणहरु देखा पर्दै आएका छन । कन्टेन्टमा सामान्य प्रकृतिका घट्नाहरु भए पनि तिललाई पहाड बनाएर प्रचार भईरहेका छन । उनीहरुको प्रचार देख्दा यस्तो लाग्छ रास्वपा छाडेर अरु सवै दल र तिनका नेताहरु साधु नै हुन ।

रास्वपा पनि उस्तै त हो नी भन्ने प्रचार सवैसम्म पुर्याउन पाए मास बेस पार्टी सक्किन समय लाग्ने छैन भन्ने उनीहरुको विश्लेषण अनुसार काम भईरहेको बुझ्न कठिन छैन । कार्यकर्ता रास्वपाका छैनन भएका भनेको जनता हुन तिनको दिमाग भुट्न र उनीहरुको चाहाना माथि भ्रम छर्न जे बोले पनि हुन्छ भन्ने कस्तो विचरा सोच हो बुझ्न गाहो छैन । अरुले हाती मारे पनि मुसा खाए कुनै समाचार बन्दैन तर रविको पार्टीले कुखुरा खाए पनि मान्छे नै चपायो भने जसरी प्रचार हुने गरेको छ । दल मात्र होईन यो सबै खेलमा १२ भाई पनि ज्यान फालेर लागेका छन ।

दुई अंकलाई ट्रोल बनाएर रबिमाथि दुई बुढी, दुई नागरिकता, दुई पासर्पोट र दुई करोड भन्न पाउँदा उनका विरोधीहरु कम्ता रमाएका छैनन । अरुले गरेका दर्जनौ दर्जन घट्नाका अगाडी दुई कति ठुलो कुरा भयो र ? त्यति मात्र होईन, यस्तो लाग्छ यो संसारमा दुई स्वास्नी, रबिका मात्र भए जस्तो, दुई नागरिकता रबिले मात्र लिए जस्तो, दुई पासर्पोट उनले मात्र बनाए जस्तो, र दुई करोड रवि ले नै लिएर खाए जस्तो गरि प्रचार यति घनिभूत छ तर उनको विरोधका लागि उठाएका यी हतियार पनि विलकुल भुत्ते हुने छन जसले रबिको रौ पनि खुईल्याउदैन । देशमा अहिले अरु पार्टीसँग अरु कुनै एजेण्डा नै छैन । देश टाट पल्टन लागेकोमा कुनै चिन्ता छैन, कुनै बहस छैन, शिर्फ चिन्ता छ त रास्वपाको । जनताले देशलाई ३२ वर्षमा एक नम्बरको कंगाल बनाउनेहरु, नजन्मदै ८० हजार ऋण थाप्लोमा भिराउनेहरुलाई जनताले अब चिन्न के नै बाकी छ र ? बेशरमहरु राजनितीबाट सन्यास लिन छाडेर युवाहरुको शसक्त आवाज दवाउन उल्टै उद्यत छन ।

ढाका कुमारले आवाज जाँचको लागि तयार भएको बताएका छन । उनले दुर्गा प्रसाईलाई कहिल्यै नभेटेको नचिनेको भनेका छन । उनलाई पार्टीले स्वास्थ्य मन्त्री बनाउछु नभनेको, आफूले त्यसका लागि कसैसँग लविंग पनि नगरेको हुदा २ करोड मलाई किन चाहियो उनले प्रतिप्रश्न गरेका छन । अडियोको स्वर आफ्नो नभएको बताउदै उनले कानूनी उपचारमा जाने भन्दै गरेको कुरा कोही सुन्न तयार छैनन । यदि उनी बास्तवमै निर्दोष रहेछन भने उनको स्वभिमान, राजनिती र ईज्जत माथिको खेलवाडलाई कसले जिम्मा लिन्छ ?

रास्वपाले प्रष्टै भनिसकेको छ । उनी दोषी देखिए पार्टी पार्टीबाट मात्र होईन अपराधिक कर्म गरेको अभियोगमा उल्टै आफै मुद्धा हाल्न जान्छौ । यो भन्दा बढि के सफाई दिन पर्ने हो र ? यदि डाक्टर ढाका कुमार दोषी भए पनि उनलाई पार्टीले उन्मुक्ति नदिने भने पछि अरु के गर्न पर्ने हो र ? कुनै मानिसको नियत संस्थागत नभएर व्याक्तिगत बन्छ भने रास्वपा को के दोष ? रास्वपाले जोगाउन खोजे त्यो बेग्लै विषय बन्छ तर यसलाई लाखौ कार्यकर्तामाझ प्रचार सामाग्रीका रुपमा उठाउन लगाउनेहरुको नियति त प्रष्ट नै छ नी ।

रबि लाइ जनताले एकपटक सत्ता र शक्तिमा नपुगेसम्म आँखा चिम्म गरेर समर्थन दिन पर्दछ । उनको टेष्ट नभएसम्म यसो गर्दा अन्धभक्त भने भनुन । उनी तिम्रो भगवान हुन भने भनुन । देशको चरम दोहन गर्नेहरुलाई जवाफ दिन तिनलाई विस्थापित गर्नै पर्दछ । यसो त यो उपचुनावले यी सवै चाहाना पुरा हुने भन्ने होईन तर यो एक प्रकारको मिनी जनमत संग्रह जस्तै हो । यसले रास्वपालाई मज्जाले स्थापित गर्दछ र अर्को चुनावमा बहुमतमा पुर्याउने छ ।

रबि लाई सिद्धयाउने भनेर लाग्नेहरुले अहिले ढाका कुमार श्रेष्ठको भनिएको अडियो टेप काण्डलाई व्यापक प्रचारमा ल्याएका छन । जब काण्ड बाहिर आयो रास्वपाले उनलाई सत्यतथ्य ७२ घण्टामा ल्याउने भन्दै उनका सवै जिम्मेवारीबाट निलम्बन गरेको छ । एक सांसदलाई आरोप लागि सकेपछि यो नै नेपालको ईतिहासमा सवै भन्दा छिटो लिएको एक्सन हो । अरु पार्टीका कुरा गर्दै नगरौं । भ्रष्टचार, हत्या, हिंसा वा अन्य अपराधिक घट्नामा संलघ्न आफ्ना नेताहरुलाई अदालत र अख्तियारले बोलाउदासम्म जोगाउन कोशिष भएका घट्ना छन । फैसलामा अड्काएर राखिएका छन, अनुसन्धान रोकाएर राखेका छन ।

विक्रम सम्बत २०४६ साल पछिका सवै मन्त्री, सांसद र उच्च पदस्त अहोदाका व्यक्तिहरको सम्पती छानविन गर्ने र भ्रष्टचारका फायल खोल्ने रास्वपाको घोषणालाई कार्यन्यवायनमा लान नदिने एक मात्र उपाय रास्वपालाई सिद्धयाउनु हो भनेर अन्य दल लागेको कसलाई थाहा छैनन ? यसर्थ रवि र रास्वपा विरुद्धका सवै षडयन्त्रलाई मुहतोड जवाफ जनताले दिन पर्दछ नत्र थप ६० वर्ष यो देश यसरी नै चल्नेछ ।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...