Friday 3rd May 2024

रास्वपाका लागि स्वर्णिम वाग्ले बरदान बन्न सक्छन


तोयानाथ ‘उपेक्षित’ दाहाल – कांग्रेसजनले मात्र होईन देशले नै चिनेको र रुचाईएको एक बौद्धिक युवा स्वर्णिम वाग्लेले नेपाली कांग्रेससँगको सम्बन्धलाई तोडेका छन । यो कांग्रेसका लागि ठुलो क्षति हो ।

शेर बहादुर देउवाले वाग्लेलाई विगत निर्वाचनमा सांसदको लागि निर्वाचन लड्न टिकट नदिए पछि उनले तत्काल मन मात्र दुखाए कांग्रेस छाडेनन् । उनको बौद्धिकता र क्षमता बुझेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल उनलाई आफ्नो पार्टीमा आउन निम्ता दिए र टिकटको अफर पनि गरे तर उनले स्वीकारेनन् । वाग्लेको भ्रुंणमा नै कांग्रेस भएकाले पनि उनले कम्युनिष्ट बन्न रुचाएका थिएनन भनेर बुझ्न सकिन्छ । तर उनी बौद्धिक कांग्रेस भएकाले उनको भाषा शैली र बौद्धिकतामा शालिनता, भद्रता र शिष्टता यति राम्रो छ की उनले कुनै मञ्चबाट विरोधी पार्टी वा नेतालाई गाली गरेको घोचपेच गरेको सुनिदैन । बौद्धिक बहस र विषयगत विज्ञताको छलपलमा मात्र खास उपस्थिती जनाउने वाग्ले मिडियावाजीमा पनि खासै रुची राख्दैनन । अर्थशास्त्रको राम्रो ज्ञान भएका डा. अर्थशास्त्री वाग्लेलाई देउवा कांग्रेसले चिन्न सकेन वा देउवा आरजुले रुचाएनन । सधै अपमानित भएर वाग्ले कति दिन टिक्न सक्थेर आखिर कांग्रेसीजनलाई सुन्न नचाएको समाचार आज सुने ।

डाक्टर वाग्ले अहिले रास्वपाबाट तनहुँको उपनिर्वाचन लडन लागेको समाचारहरु आईरहेका छन । यदि यो सत्य हो भने रास्वपाले उनीवाट भरपुर लाभ उठाउन सक्छ र त्यो नै यस्तो शक्ति बन्दै जाने बाटोमा अग्रसर भएको पार्टीको रुपमा देखिने छ जहाँ राज्य संयन्त्रका लागि चाहिने विषय विज्ञहरु प्रसस्त हुनेछन । जसलाई जे विषयको भरपुर ज्ञान छ त्यसले मात्र सम्बन्धित मन्त्रालय वा क्षेत्रमा जिम्मेवारी पाउनु पर्दछ भन्ने मान्यतालाई थप बल दिने छ । रास्वपाले अवसर नपाएका तर भरपुर विज्ञता भएका युवाहरु जम्मा गरेर अघि बढदै गरेको हुदा त्यसको भविश्य उज्वल देखिन्छ तर हालका दिनमा आएर केही अस्पष्ट र द्धैध चरित्र रास्वपाले देखाएको आरोप लाग्न थालेको छ । उसका लागि केही वाध्यताहरु, केही महत्वकांक्षाहरु र केही अवसरको खोजी गर्दा त्यस्तो देखिए पनि त्यो पार्टी टेस्टेड भएको पार्टी होईन ।

यदि वाग्ले साँच्चै नै तनहुँको चुनावमा कुनै पार्टीबाट वा स्वतन्त्र रुपमा लडे भने उनको विजय अवश्यम्भावी बनाउने कुरामा सचेत युवाहरुको जोडबल रहने नै छ र देशले खोजेको एक प्रखर बौद्धिक संसदमा छिर्ने छ ।

को हुन स्वर्णिम वाग्ले ?

स्वर्णिम वाग्ले सन् १९७९ मा काठमाडौंमा स्थापित दक्षिण एसियाली नीति थिंक-ट्याङ्क एकीकृत विकास अध्ययन संस्थान (IIDS) का अध्यक्ष हुनुहुन्छ। उनी UNDP क्षेत्रीय ब्यूरो फर एसिया एन्ड द प्यासिफिक (RBAP) का पूर्व प्रमुख आर्थिक सल्लाहकार हुन्। योर्कले 36 देशहरू कभर गर्दछ। २०१४ र २०१८ को बीचमा, डा. वाग्लेले नेपाल सरकारमा राष्ट्रिय योजना आयोग (NPC) को तीन अन्तरालमा सेवा गरे, पहिले सदस्य र त्यसपछि उपाध्यक्षको रूपमा।
स्वर्णिम वाग्लेले वाशिंगटन डीसीमा विश्व बैंक र न्यूयोर्क, हनोई र कोलम्बोमा UNDP मा वरिष्ठ अर्थशास्त्री सहित २० वर्ष भन्दा बढीको लागि अन्तर्राष्ट्रिय विकास पेशेवरको रूपमा काम गरेका छन्। व्यापक रूपमा प्रकाशित, उनले द ग्रेट अपहेभल (क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०२२) को सह-सम्पादन गरे र द राइज अफ द साउथ शीर्षकको ग्लोबल ह्युमन डेभलपमेन्ट रिपोर्ट (२०१३) को सह-लेखन गरे। २००२ देखि २००७ सम्म उनले UNDP एशिया ट्रेड इनिसिएटिभको सह-नेतृत्व गरे।

स्वर्णिम वाग्ले काठमाडौं विश्वविद्यालयको सिनेटमा बस्छन् र धेरै गैर-लाभकारी संस्थाहरूलाई सल्लाह दिन्छन्। उनी विश्व बैंकको दक्षिण एसिया च्याम्पियनिङ एण्ड भिजनिङ प्रोसेसका प्रख्यात सदस्य हुन्। एसियाली विकास बैंक (मनिला) र इन्टरनेशनल ट्रेड सेन्टर (जेनेभा) मा अल्पकालीन कार्यभार सम्हालेपछि उनले सन् १९९९-२००० मा हार्वर्ड एशिया त्रैमासिकको दक्षिण एसिया सम्पादकको रूपमा पनि काम गरे।

स्वर्णिम वाग्लेले अस्ट्रेलियाको नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा, हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा मास्टर्स (एमपीए/आईडी) र लन्डन स्कूल अफ इकोनोमिक्सबाट बीएससी (इकोन) मा डक्टरेट गरेका छन्। उहाँ नेपालको गोरखामा जन्मनुभएको हो ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...