Monday 19th January 2026

मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका कारण  दुई सय जनाभन्दा बढीको मृत्यु


दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका कारण  दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ। मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन्। चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन्। मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ।

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ। बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...