Sunday 14th June 2026

नवनिर्वाचित राष्ट्रपति पाैडेलद्वारा सपथ ग्रहण


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता पाैडेलले कार्यकाल शुरू गरेका हुन् भने नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो।

पौडेल फागुन २५ गते भएको चुनावबाट राष्ट्रपति निर्वाचित भएका थिए। उनी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नयाँ राष्ट्रपति चुनिएका हुन्।

रामवरण यादवपछि नेपालकी दोस्री राष्ट्रपति बनेकी विद्या भण्डारी नयाँ संविधान जारी भएपछि पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन्। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेदेखि सकिएको थियो।

गत साता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम रामचन्द्र पौडेल नयाँ राष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए।

पौडेलले राष्ट्रपतिका रूपमा मासिक १,५०,४५० रुपैयाँ पारिश्रमिकका प्राप्त गर्नेछन्। त्यस्तै पोसाकका लागि वार्षिक २५,००० रुपैयाँ पाउने व्यवस्था उक्त ऐनले गरेको छ।

कानुनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरी खर्चबापत दिइने उल्लेख छ। त्यस्तो खर्चको बिल भरपाई पेस गर्नुपर्दैन।

ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।

देशभित्रै भ्रमण गर्दा दुवैले ३,३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर प्राप्त गर्छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...