Saturday 25th July 2026

नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रम सम्पन्न


“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रम जलिबस्थित पपिन्स हल अब्बासीयामा हिजो मिती १० मार्च २०२३ शुक्रवारका दिन सम्पन्न भएको छ।

मञ्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वज लामा, एनआरएन आईसिसी सदस्य हरी लावती,पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी तथा प्रायोजक BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङको बिशेष आतिथ्यता र कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था पदाधिकारीहरू प्रतिनिधि तथा पत्रकारहरूको अतिथ्यता रहेको थियो भने गीत संगित प्रति रूचि राख्ने एवं सांस्कृतिक मञ्चमा अावद्ध सम्पुर्ण कलाकार दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले कुवेतमा छरिएर रहेका कला गला भएका दाजुभाई दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्नु पर्छ यस्ता खाले काम कुराहरुमा नेपाली दूतावासको तर्फ सहयोग रहने बताए। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वज लामा, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी,BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङले लगायतले शुभकामना मन्व्य दिएका थिए। भने मञ्चका बरिष्ठ संरक्षक:टिकाराम आचार्यले स्थापान काल देखी मञ्चले के कस्ता कामहरु गरे भन्ने बारे प्रस्ट पार्दै स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्ण लाई स्वागत गरेका थिए ।

मञ्चलाई विशेष योगदान गर्नु हुने मञ्चका प्रवक्ता गोविन्द प्रसाद तिम्सिना,कलाकार नबिन श्रेष्ठ,संरक्षक:ध्रुबकुमार संग्रौला र प्रायोजक BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई अति नै भब्य सब्य बनाउनको लागि आफ्नो पहिचान र राष्टियता झल्काउने खालका गीत एकल नृत्य, सामुहिक नृत्य गरी कार्यक्रमलाई सुगन्ध भर्ने काम मञ्चका कलाकारहरुले गरेका थिए भने कार्यक्रमको अन्त्यतिर प्रत्यक्ष दोहोरी गायनबाट दर्शकहरूलाइ मनोरन्जन प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति गोबिन्द बरालले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपाल कुवेत सांस्कृतिक मन्चबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...