Monday 5th October 2026

कुवेतमा तमू (गुरुङहरु)ले तमू ल्होसार भव्य रूपमा मनाए


तमू समाज कुवेतले तमू (गुरुङ)हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम गत डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष राजु तमूको सभाध्यक्षता तथा नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारीले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज,कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए । यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वज लामा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,पत्रकार महासंघ कुवेत शाखाको उपाध्यक्ष राज एकराज मल्ल,आईसीसी सदस्य हरी लावती, समाजका संस्थापक बरिष्ट सल्लाहकार अमर तमू,बरिष्ट सल्लाहकार खोप तमू लगयत ले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि, पत्रकार लगायत उल्लेख्य संख्यामा कुवेतबासी नेपालीहरुको उपस्थितीमा समाजका प्रथम उपाध्यक्ष यम तमू र उपाध्यक्ष रन्जना तमुस्योले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए । समाजका महासचिब सुरेश तमूले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए भने नेपालको राष्ट्रिय गीत र तमू राष्ट्रिय गीत बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।

ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अति नै भब्य र सभ्य बनाउनको लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसारलाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरु रुप गुरुङ, बबिता गुरुङ, सरस्वती गुरुङ, योजान राइ, मनिष गुरुङ, सुमी सुनाम, अनु गुरुङ, सुवास तितुङको प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलएको थियो।

कार्यक्रमको आकर्षक पक्ष खेलकुद
छेलो फाल्ने प्रतियोगिता, रसी (डोरी) तान्ने प्रतियोगिता (पुरुस र महिला को अलग अलग,हाडी फोड्ने,म्युजिकल चियर प्रतियोगिता,राखिएको थियो। प्रतियोगिता पहिलो,दोस्रो,हुने बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।

समाजले हरसाल ५ सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यसपाली पनि समाजले ५ सदस्यहहरुलाई सम्मान गरिएको थियो जस्मा सुजन गुरुङ, कुमारी गुरुङ, सरस्वती गुरुङ, कृष्ण गुरुङ, बबिता गुरुङलाई मायाको चिनो, दोसाला र खादाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु साथमा पुलाउ मिठो भोजनले स्वगात गरेका थिए ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङले कार्यक्रममालाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगीहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, पत्रकार, तथा कार्यक्रम उपस्थित सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...