Monday 27th January 2025

सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, भोली सपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो ।

‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौं । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा(२)० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ ।

निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको थियो । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।​

विभिन्न सत दल सहित जम्मा १६९ जना सांसदको समर्थन पाएका प्रधानमन्त्री प्रचण्डले भोली सोमबार सपथ लिने कार्यक्रम रहेको छ । माओवादी शान्ति प्रकृयामा अाएपछि २०६४ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्ड २०७३-७४ मा दोश्रो पटक प्रधानमन्त्री भएका थिए भने यो सहित तेश्रोपटक प्रधानमन्त्री हुन सफल भएका हुन् ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र…

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

प्रतिकृयाहरू
...