Friday 23rd October 2026

कुवेतमा पाल्पाका नगेन्द्र थापा क्षेत्री गत १६ डिसेम्बर शनिबार देखि सम्पर्क बिहिन


कुवेत- कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। पाल्पा जिल्ला माथागढी गाउँपालिका दोहोरा निबासी नगेन्द्र थापा क्षेत्री गत शनिबारदेखि सम्पर्क बिहिन भएका हुन। बाहिर हावा खान जान्छु भनेर श्रीमतीसङ फोनमा बोल्दाबोल्दै माहबुल्ला स्थित आफ्नो कोठाबाट बाहिर निस्किएका थापा उक्त दिनदेखि सम्पर्क बिहिन भएका र उनको फोन समेत स्वीच अफ रहेको छ ।

शनिबार बेलुकी नेपालको समय ८:४० सम्म श्रीमतीसँग फोनमा बोल्दाबोल्दै अर्कै भाषाको आवाजमा श्रीमानलाई कसैले केही भनेको त्यस पश्चात फोन राख म कोठा फर्केपछि कल गर्छु भन्नु भनेर भन्नु भएकोमा तर दस मिनेट पछि कल गर्दा मोबाईल स्विच अफ भैइसकेको श्रीमतीले बताएकी छिन।

आठ वर्ष देखि कुवेतमा कार्यरत थापाको खोजीको लागि नेपाली दूतावास कुवेतलाई जानकारी गराईएको उनका गाउँका साथी हरि थापाले बताए ।

आखिर के कारण उनी सम्पर्क बिहिन भए रहस्यमय रहेको छ । यस विषयमा नेपाली दूतावासमा बुझ्दा दूतावासलाई जानकारी आए देखि थापाको खोजीको लागि पहल गरिरहेको तर स्थिती पत्ता लाग्न नसकेको जानकारी श्रम सहचारी हेमकुमार अधिकारीले बताए ।

यदि कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरु कसैले नगेन्द्र थापा क्षेत्रीलाई देख्नु भएमा वा उनको बारेमा केही जानकारी भएमा नेपाली दूतावास कुवेत वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ ।

सम्पर्क हरि थापा =९४०२३१०१


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...