Friday 4th September 2026

कुवेतमा पाल्पाका नगेन्द्र थापा क्षेत्री गत १६ डिसेम्बर शनिबार देखि सम्पर्क बिहिन


कुवेत- कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। पाल्पा जिल्ला माथागढी गाउँपालिका दोहोरा निबासी नगेन्द्र थापा क्षेत्री गत शनिबारदेखि सम्पर्क बिहिन भएका हुन। बाहिर हावा खान जान्छु भनेर श्रीमतीसङ फोनमा बोल्दाबोल्दै माहबुल्ला स्थित आफ्नो कोठाबाट बाहिर निस्किएका थापा उक्त दिनदेखि सम्पर्क बिहिन भएका र उनको फोन समेत स्वीच अफ रहेको छ ।

शनिबार बेलुकी नेपालको समय ८:४० सम्म श्रीमतीसँग फोनमा बोल्दाबोल्दै अर्कै भाषाको आवाजमा श्रीमानलाई कसैले केही भनेको त्यस पश्चात फोन राख म कोठा फर्केपछि कल गर्छु भन्नु भनेर भन्नु भएकोमा तर दस मिनेट पछि कल गर्दा मोबाईल स्विच अफ भैइसकेको श्रीमतीले बताएकी छिन।

आठ वर्ष देखि कुवेतमा कार्यरत थापाको खोजीको लागि नेपाली दूतावास कुवेतलाई जानकारी गराईएको उनका गाउँका साथी हरि थापाले बताए ।

आखिर के कारण उनी सम्पर्क बिहिन भए रहस्यमय रहेको छ । यस विषयमा नेपाली दूतावासमा बुझ्दा दूतावासलाई जानकारी आए देखि थापाको खोजीको लागि पहल गरिरहेको तर स्थिती पत्ता लाग्न नसकेको जानकारी श्रम सहचारी हेमकुमार अधिकारीले बताए ।

यदि कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरु कसैले नगेन्द्र थापा क्षेत्रीलाई देख्नु भएमा वा उनको बारेमा केही जानकारी भएमा नेपाली दूतावास कुवेत वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ ।

सम्पर्क हरि थापा =९४०२३१०१


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...