Monday 19th January 2026

कुवेतमा बिरामी परेकी बर्दियाकी रेखा राेकाय नेपाल फर्किईन


कुवेत- केही महिना अघि घरेलु कामदारको रुपमा  कुवेत आएकी बर्दियाकी रेखा राेकाय  नेपाल फर्किएकी छिन्। बर्दियाकी रेखा राेकाय  काम गरेको ठाउँबाट बाहिरिएपछि ती चेलीलाई खाने बस्ने व्यवस्था  अर्की  नेपाली चेली पुस्पा चन्द , तान्बिले गरेकी थिइन् ।
रेखा राेकाए बिरामी भएपछि चेलीलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले कुवेतले गरेको थियो । यस कार्यमा गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेतका प्रतिनिधीको सक्रिय पुर्वक लागेका थिए  भने रेखा राेकायलाई  नेपाल पठाउन नेपाली दुतावास  कुवेतले पनि महत्वपूर्ण भूमिका खेलेको थियो  ।
रेखा राेकायलाई नेपाल जानकाे लागि टिकटकाे व्यवस्था मानव बेचबिखन ब्युराेबाट उपलब्ध गराइएको थियो। अन्त्यमा सबैको सहकार्य हुने हो भने पिडितहरुको सहजै उद्दार हुने रहेछ भन्ने रेखा रोकायको स्वदेश फिर्तासंगै उदाहरण बनेको छ  ।
नेपालबाट घरेलु कामदारको रुपमा कुवेत आएकाे चेलीको समस्या भने यो पहिलो घटना होइन। प्रमुख कारण भनेको गरिबी हो। अहिले आएर नेपालबाट कुवेतमाघरेलु कामदारको लागि गाउँ गाउँ पुगेर केहि दलालहरुले नेपाली चेलीबेटीहरुलाई खाडी मुलुक पठाउन बाध्य पारेका छन्।नेपालको हरेक जिल्ला तथा दुर्गम गाउँमा पुगेर नेपाली दलालहरुले ठूलाठूला सपना तथा राम्रो कमाइ हुने भनेर खाडी मुलुक पठाउन बाध्य बनाउँछन्।यस्तो लोभ लालचा देखाउँछन् कि तपाईहरुलाई हामी काम गर्ने गन्तव्यसम्म फ्रीमा पठाउँछौ र एक रुपैयाँ पनि शुल्क लाग्दैन भनेर नेपाली चेलीहरुलाई ठुलाे आसा देखाएर खाडी मुलुक पठाउँछन्।कुवेत आएको एक महिनापछि नै काम गर्ने कामकाे तालमेल नभएपछि घरबाट भाग्न बाध्य हुन्छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...