Wednesday 18th March 2026

कुवेतमा बिरामी परेकी बर्दियाकी रेखा राेकाय नेपाल फर्किईन


कुवेत- केही महिना अघि घरेलु कामदारको रुपमा  कुवेत आएकी बर्दियाकी रेखा राेकाय  नेपाल फर्किएकी छिन्। बर्दियाकी रेखा राेकाय  काम गरेको ठाउँबाट बाहिरिएपछि ती चेलीलाई खाने बस्ने व्यवस्था  अर्की  नेपाली चेली पुस्पा चन्द , तान्बिले गरेकी थिइन् ।
रेखा राेकाए बिरामी भएपछि चेलीलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले कुवेतले गरेको थियो । यस कार्यमा गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेतका प्रतिनिधीको सक्रिय पुर्वक लागेका थिए  भने रेखा राेकायलाई  नेपाल पठाउन नेपाली दुतावास  कुवेतले पनि महत्वपूर्ण भूमिका खेलेको थियो  ।
रेखा राेकायलाई नेपाल जानकाे लागि टिकटकाे व्यवस्था मानव बेचबिखन ब्युराेबाट उपलब्ध गराइएको थियो। अन्त्यमा सबैको सहकार्य हुने हो भने पिडितहरुको सहजै उद्दार हुने रहेछ भन्ने रेखा रोकायको स्वदेश फिर्तासंगै उदाहरण बनेको छ  ।
नेपालबाट घरेलु कामदारको रुपमा कुवेत आएकाे चेलीको समस्या भने यो पहिलो घटना होइन। प्रमुख कारण भनेको गरिबी हो। अहिले आएर नेपालबाट कुवेतमाघरेलु कामदारको लागि गाउँ गाउँ पुगेर केहि दलालहरुले नेपाली चेलीबेटीहरुलाई खाडी मुलुक पठाउन बाध्य पारेका छन्।नेपालको हरेक जिल्ला तथा दुर्गम गाउँमा पुगेर नेपाली दलालहरुले ठूलाठूला सपना तथा राम्रो कमाइ हुने भनेर खाडी मुलुक पठाउन बाध्य बनाउँछन्।यस्तो लोभ लालचा देखाउँछन् कि तपाईहरुलाई हामी काम गर्ने गन्तव्यसम्म फ्रीमा पठाउँछौ र एक रुपैयाँ पनि शुल्क लाग्दैन भनेर नेपाली चेलीहरुलाई ठुलाे आसा देखाएर खाडी मुलुक पठाउँछन्।कुवेत आएको एक महिनापछि नै काम गर्ने कामकाे तालमेल नभएपछि घरबाट भाग्न बाध्य हुन्छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...