Saturday 20th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला:- छपन्नौँ भाग (५६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०८/०६
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================

अनुप्रास :-
१. देश, केश, निमेष, ठेस, शेष, बेस आदिमा मिल्दो ।
२. गरेस, हरेस, चरेस, नरेस, छरेस, झरेस, तरेस, सरेस आदिमा मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

सत्यको जित हुन्छ भने एक कदम तलै झरेस् बाबु
सत् मार्गमा सत्य ज्ञान बीज, विवेकशीलता छरेस् बाबु
जीवन लीला आज वारि भोलि पारि पाप धर्मको बाटो
पल्टे पनि पासा, उल्टो बगेनी खोला नखाएस् हरेस् बाबु
नछोड्नु सत्यता, सत्यताको यात्रामा एक्लै तरेस् बाबु ।

भोट हाल्दा सजग बन्नू देशको सवाल छ
धुकधुकी बाँचेको राष्ट्र शेषको सवाल छ
कठिन छ परिवर्तन, विश्वास राम्रोको गर्ने
जोगिएर हिँड्नुपर्छ है ठेसको सवाल छ
जुरमुराउनु पर्छ बा बेसको सवाल छ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

संसदीय चुनाव हो हारे पनि हरेस नखानु
खानै परेपछि बरु घुस खानु चरेस नखानु
चलन चल्न दिनुपर्छ असर पर्छ रोक्न खोज्दा
योजना लिएर कमिसन खानु दरेस नखानु
मुख बन्द हुन सक्छ होसगर्नु सरेस नखानु ।

प्रकृतिले हराभरा सुन्दर देश लाग्नसक्छ
भ्रष्ट मूर्खले राष्ट्रलाइ हाँक्दा ठेस लाग्नसक्छ
जन्म यहीँ मरण यहीँ कर्मथलो भएपछि
भरपर्दो विस्वासीलो नेता बेस लाग्नसक्छ
श्रमको यहीँ पाए समय निमेष लाग्नसक्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ३

बाबा आमाको केश राम्रो लाग्छ
सुन्दर परिवेश राम्रो लाग्छ
उकाली, ओराली, लेक र बेसी
मलाई मेरो देश राम्रो लाग्छ
शान्त सुन्दर शेष राम्रो लाग्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

होस गरेर हिँड्नु नानी लाग्न सक्छ ठेस हेर
आफ्नो गाउँ ठाउँ अनि आफैँ बनाउँ देश हेर
अर्कालाई मात्र दोष दिने राम्रो होइन बानी
बिग्रन नै आँट्यो भने लाग्दैन त निमेष हेर
आफ्नो देश आफैँ मिली बनाई दिउँ बेस हेर ॥

पालो तिम्रै हो राम्रो काम गरेस भन्नुहुन्थ्यो बुबाले
दुःख सुखमा नखानु है हरेस भन्नुहुन्थ्यो बुबाले
यस्तै मार्गदर्शन गर्दै मलाई प्रेरणा दिनुहुन्थ्यो
संघर्ष गर्नमा पछि नपरेस भन्नुहुन्थ्यो बुबाले
सत्कर्म गरिकन पार तरेस भन्नुहुन्थ्यो बुबाले॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ५

जीवन्त हण्डर खाएकाे दैलाकाे ठेस नलुकाेस्
ठेस उछिनेर बनेकाे अनन्त बेस नलुकाेस्
सागरबाट गागरमा धेरै पानी निकालेछाैँ
कठाेर सत्य कर्म गरि फुलेकाे केश नलुकाेस्
कसैकाे कव्जामा परि सुन्दर याे देश नलुकाेस् ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग ६

सम्झिएर दिक्क लाग्छ कयौ ठेस लाग्यो
भ्रष्टचार विरुद्ध बोल्दा पो केश लाग्यो
हिम्मत गर्छु अझै पनि देशको बारे सोच्न
जस्तो भए पनि प्यारो आफ्नै देश लाग्यो
दुःख र सुख सबै बाँडिन्छ बेस लाग्यो ।

संघर्ष गर्दै जानु नखानु कहिले हरेस भन्थे
कुरा काट्ने मुख बन्द गर्न प्रगति गरेस भन्थे
दुनिया यस्तै छ हेर बाबु कहिले बुझिनसक्नु
फसाउछन् मान्छेले त भरोसामा नपरेस भन्थे
लत लाग्न सक्छ कहिले नखाएस चरेस भन्थे ।

हेमराज महरा क्षेत्री

पञ्चाङ्ग ७

जीवन लडाइ होइन हरेस नखाएकै राम्रो
अवसादको बेला पनि चरेस नखाएकै राम्रो
कतै काम नदिए पनि, किच्च हास्ने यो समाजमा
सपना सबै बिग्रिगए दरेस नखाएकै राम्रो
भोकले सताउँदा पनि सरेस नखाएकै राम्रो ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ८

माग गर्ने निवेदनको , पेशले बताउँछ
ठीक कार्य प्रणाली राम्रो देशले बताउँछ
बुझौं मर्कालाई , र दोष नदेऊ अर्कालाई
सधैं बेहोर्न परेको त्यो ठेसले बताउँछ
देशमा मेलमिलापको बेसले बताउँछ ।

न्यायीक र राम्रो काम गरेस भन्नुहुन्थ्यो आमाले
कहिल्यै पनि नखानु हरेस भन्नुहुन्थ्यो आमाले
प्रेरणादायी सुवचन शब्दले सम्झाउनु हुन्थ्यो
मैत्रीपूर्ण भए भर परेस भन्नुहुन्थ्यो आमाले
आफ्नै बुद्धिले जङ्घार तरेस भन्नुहुन्थ्यो आमाले ।

प्रेम थापा “मन”बागलुङ ।

पञ्चाङ्ग ९

होला विकास भन्दा केश पाक्यो शेष लाग्यो
सोचेजस्तो भएन कैल्यै सधै ठेस लाग्यो
कुन राहुकेतुको नजर लाग्यो देशमा,
ब्वाँसो भो बिरालो साधुको छद्म भेष लाग्यो
जे नहुनु थियो तेही भयो लौ बेश लाग्यो !

बाबु अझै राम्रो गरेस् भन्दछु म
नखानु कहिल्यै हरेस् भन्दछु म
भनिन्छ श्रमको फल मिठो हुन्छ
उन्नतिको बिज छरेस् भन्दछु म
सबैको त्यो दुख हरेस् भन्दछु म !

बिबस पारदर्शी
भद्रपुर झापा,

पञ्चाङ्ग १०

सकिन भनि जीवनमा हरेश नखानु
मन सुल्झाउने भन्देैमा चरेश नखानु
गोरेटोले लिएको गन्तव्यसम्म पुग्नमा
खुट्टालाई दोष दिई आफुू ठेस नखानु
दुू:ख दिएर आमाबुबाको केश नखानु

जमुना आचार्य, सिन्धुपाल्चोक

पञ्चाङ्ग -११

नखाए है हरेस जति लखतरान परे -परेस भन्नू हुन्थ्यो बाले
मर्नु परे मरेस बरु नखाए है अम्मली चरेस भन्नू हुन्थ्यो बाले
एकबारको जुनी छ अर्को जुनी के आशा यही जुनीमा केही गर्नु छ
झर्नु परे झरेस कुसंगत तिर सर्दै नसरेस भन्नू हुन्थ्यो बाले
खोला नाला तरेस तरेर पारी आफ्नो किर्ती छरेस भन्नू हुन्थ्यो बाले।

विश्व मानचित्रमा हेर्दा हिमालको फेदमा मेरो देश हुन्छ
सदिऔ देखिको आफ्नै मौलिकतामा हुर्केको भाषा भेष हुन्छ
वीर पू्र्खाको त्यागले आज मेरो देश भन्न पाएको छु
झुक्दिन कसै सङ्ग जबसम्म एकथोपा रगत शेष हुन्छ
वैरी सामु झुकेर बाच्नु भन्दा त शिर दिई मर्नु बेस हुन्छ ।

पशपती राई खोटाङ

पञ्चाङ्ग १२

जिन्दगीमा कहिले पनि हरेस नखानु
अल्कोहल खानु बरु चरेस नखानु
आउन सक्छ उतार चढाव जीवनमा
पिर पर्यो भन्दै आफन्तको केस नखानु
भोक लाग्यो भन्दैमा होस् गर्नु सरेस नखानु ।

सरस्वती श्रेष्ठ इटहरी


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...