Wednesday 18th March 2026

कुवेतमा आत्महत्या गर्ने धम्की दिने १३ टर्कीस नागरिकलाई देश निकाला गरिने


कुवेत-पर्यटक भिसामा कुवेत आई काम गर्दै आएका र महिनौंदेखि तलब नपाएको कारण सल्मियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ जना टर्कीस नागरिकलाई देश निकाला(डिपोर्ट) गरिने भएको छ ।

पर्यटक भिसामा कुवेत आएर काम गरेका ति टर्किस नागरिकको प्रवेशको उद्देश्य भ्रमण मात्र भएको सुरक्षा निकायले बताएको अरब टाइम्सले लेखेको छ । ‘उनीहरूलाई काममा लगाउने कम्पनी विरुद्ध कानुनी कारबाही गरिएको सुरक्षा निकायले बताएको छ । ति १३ टर्किस नागरिकले २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिएपछि सुरक्षा अधिकारी र दमकल घटनास्थलमा पुगेको र सम्बन्धित कम्पनीका सञ्चालकले श्रमिकलाई आत्महत्या गर्नबाट वञ्चित गर्दै तत्काल तलब दिने वाचा गरेको सुरक्षा निकायले बताएको छ ।

सुरक्षा निकायले टर्कीका नागरिकले पर्यटक भिसा लिएर सबै सीमानाबाट देश प्रवेश गर्न सक्ने तर श्रम कानूनअनुसार पर्यटक भिसा बाहकले यहाँ काम गर्ने अधिकार नभएको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...