Monday 27th April 2026

दुर्गा निराैलाका ९ विविध मुक्तकहरू


मुक्तक*
तिमी र मेरो बिचमा भएको दूरी मास्न मन लाग्छ।
तिमी सँग मेरो हृदयको साईनो गाँस्न मन लाग्छ।
दैव निष्ठुरी भएर होला मेरो पुकार कहिल्यै सुनेनन
साथी ! मलाई पनि त खुसी बटुलेर हास्न मन लाग्छ ।।

तिम्रो यादले मेराे दिलमा अागाे लगाएको छ ।
रुन्न भन्दा भन्दै पनि मलाई बार बार रुवाएकाे छ ।
केही अहम् हजुरमा पनि छ र म मा पनि
त्याे कुरा त व्यवहारले प्रष्ट नै देखाएको छ ।।

हिजाे सम्म सजन थिए म इमान्दार थिए ।
विवशताले अाज मलाई बेइमान बनाएको छ ।
हेर्दा हेर्दै सपनाकाे शहर अाफै खरानी हुन गयाे
त्यसबेला समयले माथि ठुलै ठाउँबाट मिसाइल खसाएकाे छ।।

बर्षाै देखि तिम्रो लागि याे शिर झुकाएर बसेँ ।
मनमा परेका पिरमर्का सबै लुकाएर बसेँ ।
बाह्र वर्ष भयाे तिमी रमाइलोमा दौडिरह्यौ
आज सम्म तिम्रै लागि याे ज्यान सुकाएर बसेँ ।।

मलाई दिए नि तन मन विश्वास लाग्दैन ।
नदेखाउ भो आश्वासन विश्वास लाग्दैन ।
मेरो घरको कुकुर भुक्दा डराउने मान्छे
तिमी बिना मर्छु भन्छन् विश्वास लाग्दैन ।।

तिमी अाउने बाटाेमा सिउँडी हाेइन फुल राेपेकी छु ।
मुखले हाेइन माया त साथी मन भित्र बाट गरेकी छु ।
माया लगाउन खाेजे पनि अाइलाग्छे भनेर हाेला
साथी टाढाटाढा भागे पनि म त नजिकै हुन खाेजेकी छु।।

आँखाले असाध्यै सुन्दर देखेँ विश्वास लागेन ।
व्यवहार अनि आनिबानी देख्दा खास लागेन ।
बोलीको भरमा ढाकिएको इज्जत कसरी टिक्ला
कर्मको रफ्तार देखेर तिमी प्रति आस लागेन।।

घाँटी रेटेर जान्छन् भो चाहिदैन माया मलाई ।
अनेक झुठा प्रस्तावले घेर्छन् यो हृदय जलाई ।
ए ! दयाराम अर्काका श्रीमती ताक्नेहरू हो
अब जल्नेछौ बेस्सरी कोर्दैछु बिद्रोहको सलाई ।।

कसैको छानो उड्छ विचरा हुरीलाई के थाहा
अचानाको पिर व्यथा त्यो खुकुरीलाई के थाहा
अलिअलि रुपले जब घमण्ड जो देखाइदिन्छ
आफ्नै रागले ज्यान लिन्छ कस्तुरीलाई के थाहा।।
✍️✍️✍️
🙏🙏🙏
दुर्गा निराैला


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

प्रतिकृयाहरू
...