Sunday 22nd March 2026

चित्रपट पञ्चाङ्ग, भाग: ३१


चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
लक्ष्मीप्रसाद मिश्र

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकतिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा पञ्चाङ्ग लेखि पठाउनु हुने सबैमा हार्दिक धन्यवाद ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रपट पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

असहाय देखेपछि सबै जना दानी हुनु
भोक लाग्दा रुने हैन मिलिजुली खानी हुनु
ठुलो मान्छे भएपछि केहि काम गर्नुपर्छ
एक दिन पनि नबिराई स्कुल जानी हुनु
सानो सानो भाई बहिनीले पढि ज्ञानी हुनु ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न पा -३,काभ्रे

पञ्चाङ्ग २

दालभात मिठो मानी खाऊ नानी ।
धोएपछि सफा नाना लाऊ नानी ।
जहाँ जाऊ हुन्छ देश तिम्रो हात,
खुसीले माटोको गीत गाऊ नानी ।
बिहानीको घाम बनी आऊ नानी ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

तिमी हौ मायाकि खानी नानी भुवनमा
तिम्राे छ असल बानी नानी भुवनमा
तिमी सबकी लक्ष्मी हौ अनि सरस्वती
र बन्यौ मेराे कहानी नानी भुवनमा
ठूली हुन्छ्यौ छिट्टै सानी नानी भुवनमा

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

पञ्चाङ्ग ४

यी सानी नानी सारै राम्रो बानी
सधैं स्कूल जानी सारै राम्रो बानी
कतै जाँदा हिड्ने हात तानी तानी
न पुर्याउने हानि सारै राम्रो बानी
साथी संग खानी सारै राम्रो बानी ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ५

बालमैत्री हो आधार समाजको
परिवार जिम्मेवार समाजको
बालक नै भविष्यका कर्णधार
संस्कारित परिवार समाजको
विधिवत सरकार समाजको

गुणनिधि घिमिरे दमक झापा

पञ्चाङ्ग ६

राष्ट्रिय बाल दिवस मनायाैँ हामिले
वर्षमा एक पटक जनायाैँ हामीले
बालकका अधिकारहरू दिएका छाै ?
भाषण बाेलेका कुरा गनायाैँ हामीले
जसरी नि हामी ठिक भनायाैँ हामीले ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ७

सडकमा भने बाल अधिकारको नारा लाउछन्
खाते भित्र छिर्ला भनेर वरिपरि गारा लाउछ्न्
डुलिरहेछन् खाते सडकमा देख्दैन सरकार
आफू नदेख्ने अर्काको आँखामा पनि छारा लाउछन्
सारै राम्रो भाषण गरेर नेपाल तारा लाउछन् !

-प्पशपति राई खोटाङ

पञ्चाङ्ग ८

राष्ट्रिय गान बोकेर जाग है
मौलिक सान बोकेर जाग है
सत्य बोलेर, लौ आँखा खोलेर
नेपाली मान बोकेर जाग है
आफ्नो नै ज्ञान बोकेर जाग है ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

फूलका कोपिला साना नानी बनौँ सबै
पढौँ, लेखौँ, खेलौँ अनि ज्ञानी बनौँ सबै
संस्कृतिका थोपा आजा बनेर आउने
भोलि पनि विकासको पानी बनौँ सबै
सुनमा जस्तै चम्किलो खानी बनौँ सबै ।

Singer bishal
Kohalpur banke

पञ्चाङ्ग १०

बालबालिका आजका त भोलिका कर्णधार कति झन्
शोषण गरी लेखपढ नदिई नबिगारौँ मति झन्
उनले के बुझ्छन् ! सुरुमा आमाबुबा र गुरुको भर
पाएमा शिक्षा, ज्ञान दियालो बाली सप्रन्छन् नि अति झन्
सुरुमै बुझेर अपूर्व गर्नु नभइकन खति झन्

✍️✍️
जमुना आचार्य कोइराला
सिन्धुपाल्चोक

पञ्चाङ्ग ११

बालबच्चाको हेरचाह सबैको माझ हुनुपर्छ
बाआमाको, हेरचाह गर्ने दुवै काख हुनुपर्छ
नारा सफल होऊन्, बालबच्चामा शुभकामना
दिवसमा मात्र हैन सधैँभरी साथ हुनुपर्छ
साथ दिने पाइलामा समाउने हात हुनुपर्छ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग १२

साना नानीबाबु हो बोल्नु पर्छ सधैँ सत्य है
काम अल्छी नमानी गर्नुपर्छ सधैँ फत्ते है
आ आफ्नो अधिकार बुझिराख्नु पर्छ आफैँले
नचाहिने मागमा नि नगर्नु सधैँ हत्य है
बालहिंसा बालविवाह गरौँ सधैँ अन्त्य है ।

धनमाया चौधरी कैलाली ।

पञ्चाङ्ग १३

खाेलिदिऊँ बालकका दुई आँखाका नानी लाई
सुधार्नु छ सबै मिली बिग्ग्रीएका बानीलाई ।
कर्तव्यकाे भारीमात्र बाेकाएर हुन्न बुझाैँ माैका हेरी अावश्यकता साेध्ने गराैँ सानीलाई
झाेला हैन ज्ञान धेरै दिऊँ स्कुल जानीलाई ।

चन्द्रवती अधिकारी, कोहलपुर बाँके ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...