Monday 5th October 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ४०


स्रष्टा परिचय
नाम : इन्दिरा चापागाईं
माता : स्व. लेखमायाँ चापागाईं
पिता : स्व. खगेन्द्रप्रसाद चापागाई
जन्म मिति : २०२९।१०।२०
जन्मस्थान: सभापोखरी गाउँपालिका १ संखुवासभा
बसोबास: सूर्यविनायक न पा ५ भक्तपुर
शिक्षा: स्नातकोत्तर (जनप्रशासन)
पेशा : निजामति सेवा (हाल सडक डिभिजन हर्कपुर ओखलढुङ्गामा कार्यरत)
रुची :समाजसेवा,साहित्यका विविध विधा पढ्ने, कविता, मुक्तक, गजल ,लघुकथा लेख्ने
आवध्दता :आजीवन विशिष्ट सदस्य (शब्दाङ्कुर साहित्यप्रधान मासिक) ,सदस्य :साहित्य संगम नुवाकोट र विभिन्न साहित्यिक फेसबुक पेजहरु
सम्मान : संगम साहित्य सम्मान २०७८
पहिलो कविता प्रकाशन: मुटु रित्तिउन्जेल रोएँ (२०५४ रुपरेखा साप्ताहिक, नुवाकोट)
पहिलो लघुकथा प्रकाशन: लघुकथा: चोट (लोकभावना त्रैमासिक २०७७)
पुस्तकाकार कृति : छैन

रचना
लघुकथा : लगानी

“यिनको आँखा जाचिदिनूस् त हजुर”बुढीलाई देखाउँदै बुढाले भने।
सेतो प्लेटको गाडिमा आएका पचपन्न हाराहरीका उनि उच्च पदस्थ जस्तो लाग्दथे।
बुढीको आँखा जचाए र सामान्य चस्मा रोजिदिएँ।आज्ञाकारी महिला रहिछिन् बुढाले जुन रोजिदिए त्यही लगाईन्।मोल सोधे मैले पचपन्न सय बताएँ।
“चारहजार गरिदिनुस् न हजुर!”मोल घटाउँन अनुरोध गरे।
“भनिहाल्नु भो लानुस्” मैले भने।चारहजार तिरे गएँ।
म कहिले त्रिपुरेश्वर त कहिले दरबारमार्गको पसलमा बस्थेँ।एक हप्ता पछि आज म दरबार मार्गको पसलमा बस्ने पालो।कालो सिसा भएको रातो प्लेटको गाडिमा एउटी किशोरी लिएर एक बुढा मान्छे आए।
किशोरीलाई राम्रो फेसनेवल चस्मा चाहिएको रहेछ।
“हेरिस्यो त! यसले सुहायो कि सुहाएन? कति हो यसको प्राइस?” किशोरीले मस्किदै सोधी।
“चौधहजार” मैले भने।
“ए नानु! त्यसले होइन,यसले सुहाउँछ ल लगाई हेर त।”
“साच्ची?”
“साँच्चि त हो नि, म झुट बोलुँला।गोरी मान्छेलाई कालो चस्मा त्यो पनि भोगा ब्रान्डको” बुढाले हौस्याउँदै भने।
“आइ लाइक इट,” किशोरी मस्किदै बोली।
“यसको प्राइस कति हो?”बुढाले सोधे
खासमा त्यो चस्माको मोल बाह्रहजार मात्र हो।
“पच्चीसहजार” मैले भने।
खुरुक्क पच्चीसहजार गनेर दिए। बिल पनि लिन नभ्याई किशोरीलाई काखी च्याप्दै गाडिभित्र पसे।
त्रिपुरेश्वरको पसलमा बुढीलाई चस्मा किनिदिने ऊ नै बुढा थिए।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...