Monday 28th September 2026

खाडी मुलुक तातो कति?


इश्वर खत्री

तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ ।

यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो ।

आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो ।

राम्रो लुगा नलायको कारण साथी भाइ हरु साथी को नजर नहेरेको पीडा भन्दा कम छ यहाँ को तातो ।

सानै ऋण ले गर्दा पनि साहू ले लिलाम गर्न लगेको लालपुर्जा फिर्ता लेउदाको खुशी भन्दा कम छ यहाँको तातो ।

रातभर पानी चुहिने छाना फेर्न सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो ।

आमाले धेरै बर्ष लगाउनु भयको फाटेको चोली फेर्न केही सानो रकम दिन पाउदा को खुशी भन्दा कम छ यहाँ को तातो ।

छोराछोरी लाई राम्रो लुगा र निम्न स्तर को निजि बिधालय पढाउन सक्दा खुशी भन्दा कम छ यहाँ को तातो ।

भित्री मन पोलेर बच्नु भन्दा बाहिर छाला पोलेको सहन सजिलो भयकोले होला आज भोलि यहाँ को घाम ले बानी परेको छ।

अरु धेरै कारण ले गर्दा तातो कम छ। 


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...