Wednesday 21st January 2026

खाडी मुलुक तातो कति?


इश्वर खत्री

तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ ।

यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो ।

आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो ।

राम्रो लुगा नलायको कारण साथी भाइ हरु साथी को नजर नहेरेको पीडा भन्दा कम छ यहाँ को तातो ।

सानै ऋण ले गर्दा पनि साहू ले लिलाम गर्न लगेको लालपुर्जा फिर्ता लेउदाको खुशी भन्दा कम छ यहाँको तातो ।

रातभर पानी चुहिने छाना फेर्न सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो ।

आमाले धेरै बर्ष लगाउनु भयको फाटेको चोली फेर्न केही सानो रकम दिन पाउदा को खुशी भन्दा कम छ यहाँ को तातो ।

छोराछोरी लाई राम्रो लुगा र निम्न स्तर को निजि बिधालय पढाउन सक्दा खुशी भन्दा कम छ यहाँ को तातो ।

भित्री मन पोलेर बच्नु भन्दा बाहिर छाला पोलेको सहन सजिलो भयकोले होला आज भोलि यहाँ को घाम ले बानी परेको छ।

अरु धेरै कारण ले गर्दा तातो कम छ। 


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...