Monday 28th September 2026

बागलुङमा पहिरोको कहर, १० जनाको मृत्यु


अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। निसीखोला गाउँपालिकामा पाँचजनाको ज्यान गएको छ। शनिबार ताराखोला गाउँपालिकामा पनि एकजनाको मृत्यु भएको थियो।

प्रभावित क्षेत्रमा पहिरोले घरहरू बगाएको र पुरिएको प्रहरीले जनाएको छ। उद्धार तथा राहतका लागि नेपाली सेनाको हेलिकोप्टरसहित सुरक्षा टोली परिचालन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

प्रतिकृयाहरू
...