Tuesday 20th October 2026

बागलुङमा पहिरोको कहर, १० जनाको मृत्यु


अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। निसीखोला गाउँपालिकामा पाँचजनाको ज्यान गएको छ। शनिबार ताराखोला गाउँपालिकामा पनि एकजनाको मृत्यु भएको थियो।

प्रभावित क्षेत्रमा पहिरोले घरहरू बगाएको र पुरिएको प्रहरीले जनाएको छ। उद्धार तथा राहतका लागि नेपाली सेनाको हेलिकोप्टरसहित सुरक्षा टोली परिचालन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...