Monday 5th January 2026

कुवेतमा रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु


वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो ।

चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन वर्ष पहिले आएको भए पनि पछिल्लो एक बर्ष देखि कम्पनिबाट भागेर अवैधानिक रुपमा कुवेतको मुत्लामा UECC कम्पनिमा काम गरिरहेका थिए।

उक्त घटनाको बारेमा नेपाली राजदूतावासलाइ जानकारी प्राप्त भएको तथा अहिले शव फरेन्सिक डिपार्टमा रहेको र शव नेपाल पठाउने प्रकृयामा रहेको दूतावास श्रोतले जानकारी दिएको छ ।

उनको नेपालमा दुई छोरी र एक छोरा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

आज बिहान मलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाले कब्जा गरेको, साथै न्यूयोर्क शहरमा संघीय हिरासतमा राखिएको…

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन…

बिहीबार इरानी तीन शहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा छ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ -…

प्रतिकृयाहरू
...