Wednesday 16th September 2026

लघुकथा: फरिया -नारायण कोइराला


नाँच्न जानु पर्यो रे । कुर्था र फरियाले गन्थन सुरु गरे । नाँच्न त पर्यो,पर्यो,”फरियाको मक्ख पर्दै जवाफ आयो।”तीजको समय छ,पालो फरियाकै हो।हो, हो तिम्रै हो ।म त आराम गर्ने हो भन्दै कुर्था मस्कियो ।

कोठामा चलेको बहस मालिक्नी पसेपछि मौन भयो। मालिक्नीले सबै फरिया एक/एक गरी हेरिन् । सबै फरियाहरु यसपाली तीजमा आफ्नै पालो आउला भन्ने आशामा थिए । फरियाहरु पालै संग मालिक्नीको शरीरमा बेरिए। सिसामा देखिए। सिसामा हेरिरहेकी मालिक्नी अचानक पल्टिन ।

हस्पिटलमा सुतेकी मालिक्नीको शरीरमा कुर्था थियो । फरियाहरुको सन्देश आयो,
“कुर्था मालिक्नीको ख्याल राख है । तीज त फेरि पनि आउँछ।”

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...