Saturday 1st August 2026

नेताको कृयाकलापदेखि जनता उदास


बि. आर. उप्रेती – बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत भइ सक्यो । यस बीचमा नेपालीहरुको गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकता देखि लिएर राष्ट्रमा ठूला राष्ट्रिय गौरवका के कस्ता काम भए त ? जब कि त्यस्ता काम सम्पन्न भइ जनताहरुले राहत प्राप्त भएको महशुस हुनुपर्ने ।

यसरी बहुदलिय शासन प्रणाली अन्तरगत गत तीन दशक भन्दा बढी अवधिमा राष्ट्र र जनताले क्रमिक रुपमा सुखको सास फेर्नुको बदला जनताहरुलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता आधारभूत अति आवश्यकता पुरा भइ आमनचैन गरेको अनुभव खोइ त ? देशमा निर्वाचन हुन्छ, नेताहरू टिकट हात पार्न तँछाडमछाड गर्छन् , अनि अनेकौं झुटा आश्वासन र प्रलोभन दिएर भोट हत्याउन सफल हुन्छन् अनि ती घोषणा पत्रमा आफुले गरेका प्रतिज्ञा भुल्छ्न् । सत्तामा नपुगुन्जेल, भोट नपाइन्जेल युवाहरू फकाउन यस्ता यस्ता प्रलोभन दिन्छन्, जस्तै: अब युवाहरुले विदेश जानु पर्दैन, स्वदेशमा नै रोजगारको व्यवस्था गर्छौं, गाँस, बास, कपास लगायतका यावत कुराहरुको ग्यारेन्टी हुन्छ भनी अक्सर सबै पार्टीका घोषणा पत्रमा उल्लेख हुन्छन् । जब विजयी भएर सत्तामा पुग्छन् सबै कुरा बिर्सन्छ्न् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षा जस्ता कुराको राहत त कता हो कता, झन् हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध पटक-पटक देशमा भइ रहेको देखिन्छ, वैदेशिक रोजगारीमा गएका कति ती विचरा नेपालीहरु बाकसमा फर्किनु परिरहेका छन् । यी कुरा सर्वविधितै छ ।

जब अनेक प्रपञ्च मिलाएर सत्तामा पुग्छन् अनि आर्थिक लाभ कसरी हुन्छ? पक्ष विपक्षको केही मत्लब छैन, कसरी हुन्छ बहुमत जमाउने, सत्तामा पुग्ने र मजासँग देशको ढुकुटी रित्याउने भन्ने सोचमा लिप्त हुन्छन्, आफ्ना आफन्तहरु मात्र विशिष्ट ओहोदामा पुर्याउँछन् । सत्ता लुछाचुडी गर्न गठबन्धन सरकार बनाउने यस्ता कार्यहरु हानाथापसँग गरिरहेकाछन् । सबै नेताहरूका यस्ता चर्चा देशका कुना काप्चा गाउँ शहर जतासुकै भएको बुझिन्छ तर कार्यकर्ताहरु चुक्क बोल्ने हिम्मत गर्दैनन् । होशियार! नेताहरु निर्वाचनको दिन नजिकिंदै हुँदा विगतमा आ-आफ्ना के कस्ता क्रियाकलापहरु छन् राम्रा कुरा वा कमि कमजोरी के कस्ता छन् सच्याउनु अनि पुरा गर्न सक्ने यथार्थ आश्वासन मात्र दिनुहोस् । जनताहरु पनि पुरा गर्न सक्ने आश्वासनको मात्र प्रतीक्षा गर्छन् ।
हाल: बारा, नेपाल

सम्पादन : केदार नाथ खरेल


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...