Friday 9th January 2026

कुवेतको कुरेनमा घरेलु मदिरा कारखानामा छापा, एक महिला सहित दुई विदेशी पक्राउ


कुवेत सिटी- कुवेतको महाबुल्ला नजिकै (कुरेन)मा कुवेतको गृह मन्त्रालयले एक घरेलु मदिरा कारखानामा छापा मारेको छ । उक्त छापामा एक महिला सहित दुई विदेशी कामदार पक्राउ परेका छन् । तर उनिहरुको पूर्ण विवरण बाहिर ल्याइएको छैन ।

अरब टाइम्सका अनुसार बेच्न तयारी अवस्थामा रहेको मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने उपकरणहरु जफत गरिएको छ। उनीहरुलाई बरामद सामान सहित कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...