तोयानाथ उपेक्षित, जसले जतिसुकै र जस्तोसुकै तर्क गरे पनि नेपाल श्रीलंकाको अवस्थामा जादैछ भन्ने बोध सामान्य मानिसहरुले समेत गर्न थालेका छन । नेपाली मुद्रा खस्कदै गएको कुरा मात्र पनि त्यसको बलियो प्रमाण हो । तर भारतिय मुद्रासँग नेपालको स्थिर बिनिमय दर भएकाले नेपालको मुद्रा खस्कनुको कारण नेपाल को दुरावस्था मात्रै चाहि होईन । भारतिय रुपैया नै कमजोर हुदा हाम्रो मुद्रा स्वत कमजोर भएको हो । यसको मतलब नेपालको अर्थतन्त्र बलियो नै छ भन्ने चाहि होईन । भारतिय मुद्रा खस्कनु ले यसको प्रत्यक्ष असर मुद्राको सटही दरमा मात्र पर्दैछैन । उस माथि को परनिर्भता ठुलो धोका को रुपमा सामन्ने आउनेवाला छ ।
आज सत्ता पक्षिय नेता नारायणकाजी श्रेष्ठ को अभिव्याक्ति त्यही आशयमा आएको छ जुन अति नै गंभिर छ र यसले एक प्रकारको तरंग पैदा गरिदिएको छ । तर सरकारका मन्त्रीहरु भने नेपाल कहिल्यै श्रीलंका नहुने ठोकुवा गरेर थाकेका छैनन । उनीहरुले नेपालको अर्थतन्त्र लाई बेलैमा नियन्त्रण गर्न सकेनन भने अर्को बर्ष यति बेला सम्म देशमा ठुलो संकट आउने छ र त्यो विद्रोह यो सत्ता र यी दलहरुले थेग्नेछैनन ।
नेपालले कच्जा मेटेरियल ल्याएर उत्पादन गर्ने गरेको पाम तेल अब उत्पादन हुने छैन । यसले निर्यात को कुरा त परको भयो देशमा जनतालाई तेल दिन नसक्ने दिन आउनेवाला छ ।
मल खेतीको समयमा जनताले पाएनन । तैपनि हिलोमा धानको विउ गाडिएको छ जसले लागत उठाउने गरी उत्पादन नदिने निश्चित छ यसर्थ अर्को बर्ष नेपालमा खाध्य संकट आउने कुरा निश्चित जस्तै छ ।
भारतले गहुँ जौ लगायतका उत्पादनहरु विदेश निर्यात नगर्ने घोषणा गरि सकेको छ र अर्को बर्ष बजारमा आँटा को अभाव हुने छ । त्यो भनेको खाध्यान्न संकट नै हो ।
कृषीमा यान्त्रिकरणका लागि भनेर ठुलो राशी बाहिरिएको छ तर खेतमा मल छैन । नेपाली मुद्रा डलर बनेर जाने तर यहाँ उत्पादन नहुने भए पछि मुद्रा संन्चिती अझै घट्नेवाला छ ।
नेपालका उखु उत्पादक किसान पलायनको स्थितीमा छन जसले गर्दा चीनी खरिदमा पूर्ण रुपमा भारतीय निर्भरता बढने छ । अर्को बर्ष बाट चिया पिउन का लागि सुलभ मुल्यमा चिनी पाउने कुरा पनि कठिन हुने छ ।
भारतबाट करोडौको चामल नेपालले आयात गर्ने गरेको छ अब त्यसमा पनि भारतले रोक लगाउने संभावना बढेको छ । उसका देशमा जे चाहिन्छ त्यो नेपाल पैठारी गर्न रोकिने छ त्यहाँ जे फालिनेछ त्यो नेपाल आउने छ । जब नेपालमा कृतिम खाध्य संकट भारतले पैदा गर्ने छ तब नेपाललाई अरु झकाउने छ र राष्ट्रियता माथि बरबरतापूर्ण शर्तहरु उसले लाद्नेछ ।
पेट्रोलियम पदार्थको आयत गर्न नेपाललाई कठिन भई रहेको छ तर विधुतिय सवारी लाई सर्व सुलभ बनाउने तर्फ सरकारको पटक्कै ध्यान गएको छैन । जसको कराणले अर्को बर्षसम्म सम्म तेल पाउन गाहो हुने छ । अहिलेबाट लादिएको अचाक्लीको मुल्यले निम्त्याउने दुश्परिणाम जनताले थेग्न नसक्ने अवस्थामा पुग्ने छ ।
नेपालसँग निर्यातजन्य सामान भनेको कृषी हो तर कृषी उत्पादन अरु घट्दै जाने देखिएको छ । गत बर्ष पाकेको धानबाली बेमौसमी बर्षाको कारणले नष्ट भएको र त्यसको लागत सरकारले निकाले पनि राहात हाल सम्म नदिएको अवस्था छ । यसपाली मल समेत नदिएको अवस्था थप चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा कृषकहरु पेशाबाट पलायन हुने, खेत बाझो राख्ने क्रम बढने छ ।
ढुवानी मुल्य बढेको कारण महंगी दिन दुई गुणा रात चौगुणा बढिरहेको छ । किसानको क्रय शक्ति क्षीण हुदै जाने भएका ले व्यवस्था प्रतिको वितृष्ण कम नभएर बढेर जानेछ । जसले यी दल र सरकारले थेग्ने अवस्था हुने छैन ।
देशमा आउने रिमिटयान्स अबैध मार्गबाट आउने र जाने क्रम बढ्दो छ जसका कारण सरकारको खातामा पैसा जम्मा हुने रकम घटदो छ । सुशासन नभएर कुशासन बढ्नाले अपराधहरु बढने छ । त्यसले जनतामा आक्रोस थपिदै जाने देखिन्छ । प्रदेशको अनावश्यक फजुल खर्च र त्यसको औचित्य माथि प्रश्न उठिसकेको अवस्थामा कोही गंभिर भई रहेका छैनन ।
धर्म परिर्वतन र साप्रदायीक सदभावका विरुद्ध खुलेआम गतिविधी भईरहेको छ । त्यसले देशैभरी घृणाको राजनितीलाई प्रश्रय दिएको अवस्था छ । यसले पनि शान्ति खलबल्याउने काम गर्ने छ ।
देश श्रीलंका भन्दा पनि नराम्रो अवस्थामा पुग्न सक्ने संकेतहरु देखिन थालेका छन । श्रींलंकामा राष्ट्रपति भवन जनताले कव्जा गरे । नेता र मन्त्रीहरु लाई खोजी खोजी सडकमा ल्याएर धुलाई गरिरहेको अवस्था ले जनतालाई उक्साई रहेको अवस्था छ । नेपालमा त्यो दिन आउने लक्षण देखिए सँगै कतिपय व्युरोक्रयाट र नेता तथा मन्त्रीहरुले सुरक्षित विकल्प सोच्न थालेको अवस्था छ । त्यो दिन आएमा नेपालमा राजतन्त्र फर्कने माहौल बन्दै छ भनेर विश्लेषण गर्दा अन्यथा नहोला ।