Thursday 26th December 2024

देशले चिन्न नसकेको बहु प्रतिभाशाली ब्यक्तित्व थापालाइ बिदेशमा वाह वाह


आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न आउने दङ्ग परेर फर्के र वाह वाहका पात्र साबित भए।
पेस्ट्रिका एक्जुकेटिभ सरोज थापाको नया क्रियसनमा छुट्टै कला थियो। उनका हातले बनाएका र निर्देशन अनुसार टिमले देखाएको यो कलाको अबलोकन गर्न आउनेहरुले खुलेर बखान गरेका थिए।उनको अजिबको कला त्यो पनि नेपालीको छोरोले कहा सिक्यो भन्ने सबैलाइ जिज्ञासा थियो र दर्जनै अफर आएका थिए।उनलाइ बिभिन्न ब्राण्डका पाच तारे होटलले तान्ने होड बाजी नै चलेको थियो ।

उनले दर्जनै फ्लेबरका चकलेटका बोभिन्न आक्रिती दिएर होटलको प्रङगनमा प्रदशनीमा राखेका थिए। चककेटका याबत आक्रितीले सबैको मन लोभ्याएको थियो। उनले बनाएका चकलेटका आक्रितीको अबलोकन गर्दा छुट्टै संसारमा पुगेको भान हुन्थ्यो । दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुदौ साउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न पुगेका थापा सबैका प्रिय पात्र हुन।
उनको कला र लिडरसिपको सम्मान गर्दै होटेलले राम्रो तलब भत्ता र सुबिधा दिएर राखेको छ। जसमा उनी सन्तुष्ट पनि छन। मनग्गे तलब भत्ता बुझ्ने थापा आफ्नो एक्सपटिजको आधारमा होटेल दिएको सुबिधामा कुनै गुनासो मान्दैनन। उनलाइ धेरै देशको अफर छ तर अब बाकि समय आफ्नै देशमा फर्केर आफुले दिकेको ज्ञान र सिप अरुलाइ सिकाइ राम्रा राम्रा पेस्ट्रि सेफ उत्पादन गर्न सहयोग गर्ने उनको सोच छ।

होटलको एक्जुकेटिभ सेफको अनुउपस्थितमा सम्पूर्ण जिम्मेवारी सम्हालेका थापाले किचन ब्यबस्थापनको पूर्ण जिम्मेवारी सम्हाल्दा सम्हाल्दै पनि यो गहन जिम्मेवारीलाई आफ्नो काधमा लिएर सफल रुपमा सम्पन्न गर्न सकेकोमा ब्यबस्थापन पक्षले पनि एक पन्ना लामो शुभकामना सन्देश दिएको छ । चकलेट डे को उपलक्षमा सरोज र उनको टिमले गरेको एक गहन जिम्बेवारिलाई सफल रुपमा सम्पन्न गरेर सबैको मन जितेकोमा शुभ कामना ब्यक्त्त गरिएको छ । हरेक बर्ष जुन सात रारिखमा बिस्वभर ककलेट डे को रुपमा मनाउने गरिन्छ । चकलेट डे को महत्व पेस्ट्री सेफहरुका लागि र होटल इन्डस्ट्रीका लागि छुट्टै मह्त्व राखेको हुन्छ ।

को हुन सेफ सरोज थापा ?
नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि होला सबैको मायाको पात्रका रुपमा हुर्कनु भयो । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौ आउनु भएको थियो । स्कुले जिवनमा पनि राम्रो पढाईका कारण शिक्षक शिक्षिकाहरुले धेरै माया गर्नुहुन्थ्यो । स्कुलमा उहाँ जहिले पनि प्रथम, द्वितिय हुनुहुन्थ्यो र त सबैका प्रिय पनि हुनुहुन्थ्यो । बाल्यकालमा सरोज थापा उहाँका गाउँले र छर–छिमेकीमा पनि निकै प्यारो हुनुहुन्थ्यो किन कि उहाँले गाउँ–गाउँको बाटो र घर–घरमा धारो पु¥याएर सहयोग पु¥याउनु हुन्थ्यो । कहिले आफ्नै हातले मुर्ती कुदेर मन्दिर बनाउनु हुन्थ्यो । सामाजिक कार्यमा भनेपछि सधैं अग्रसर भएर लाग्न रुचाउने बानी उहाँको बाल्यकालदेखि कै बानी हो । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जित्नु भएको छ । उहाँको बालकला अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको छ किन कि एउटा राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी हुन्छ । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उहाँलाई यो पेशामा आउन प्रेरित ग¥यो । २०५४ सालमा एस एल सि पुरा गर्नसाथ राजधानी छिर्नु भएका उहाँले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना हुनु भयो । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन । दिनमा आफ्नै भिनाजुको पसलमा काम सघाउने र रातमा क्याम्पस पढ्ने गरेर उहाँले प्रबिणता प्रमाण पत्र पुरा गर्नु भयो र कालीमाटीको एक आइसक्रिम सपमा काम पनि पाउनु भयो । काम गर्दै पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पनि पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गर्नु थाल्नु भयो । होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले उहाँको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उहाँलाई मानव संसाधन विभागले बोलाएर अब देखि स्थायी स्टाफको रुपमा नियुक्ती दिएकोमा उहाँको आफ्नो जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ पोइन्ट सम्झन्छन् ।

यसरी उहाँले एक्कासी यती राम्रो होटलमा स्थायी रुपमा काम गर्ने मौका पाएपछी केही समय त्यही रहेर सेवा दिनु भयो र साँईलो बुबाको छोरा दाई रण बहादुर थापाको सहायताले पहिलो पटक बैदेशिक रोजगारीको रुपमा सयाम्स होटल अबुदाबी पुग्नु भयो । त्यहि होटलबाट शुरु भएको उहाँको बैदेशिक रोजगारीको यात्रा अहिलेसम्म निरन्तर रह्यो र उहाँको सालिनता, दक्षता, इमानदारी र दक्ष लिडरसिपका कारण दर्जनभन्दा बढी पाँचतारे होटल र आबुदाबी देखी युरोपका फ्रान्स लगायत कैयौं तारे होटलहरुमा आफ्नो दक्षता देखाउने अवसर पाउनु भयो । यो पेशामा उहाँले दर्जनौ गोल्ड मेडल र प्रमाण पत्रले अहिले कलंकीको आफ्नो घरको कोठा सजिएका छन । यती सानो उमेरमा यती धेरै हदसम्मको उपलब्धी हासिल गर्ने नेपाली बिदेशी भुमिमा कमै छन् । उहाँको दक्षतालाई कदर गर्दै विश्वका बिभिन्न देशले उहाँलाई सम्मान गर्दै उहाँहरुको पेशागत संस्था वल्ड सेफ एसोसिएसन (सोसाइटी)ले आजिवन सदस्यता दिलाएका छन् जसका कारण उहाँ हरेक बर्ष युरोपका देशहरु जानैपर्ने हुन्छ । उहाँले यो सफलता चुम्नुमा जिवन संगिनी बुनु खड्काको पनि बिशेष हात छ । उहाँका हरेक सफलतामा उत्साह र उमंग जगाउन उहाँको जिवनसाथी बुनुले हरेक पल–पलको खबर राख्नुहुन्छ र आवश्यकता परेका बेला हरेक तवरबाट सहयोग र साथ दिनु भएको छ । त्यसैले त उहाँ पनि सेफ सरोज कामको शिलशिला जुन–जुन देश पुगे प्राय सबै देशमा पुग्ने मौका पाउनु भएको छ ।
अहिलेका विश्व चर्चित युवा पेस्ट्री सेफ सरोज थापाको दुर्गम क्षेत्र धादिङको मुलपानीदेखी कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नु भएको छ । उहाँको सफलताको रहस्य र एक नेपाली युवाले कुलिनरीको विश्वमै सर्वोच्च सस्थामा त्यो पनि एक गहन जिम्मेवारीको पद सम्हाल्न कसरी पुग्नु भो भन्ने सबैको एक जिज्ञासाको बिषय बनेको छ । उनको सफताका कारण पछील्लो समय यो पेशामा होमिनेको सन्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । पेस्ट्री क्षेत्रका सबैका प्रेरणाका श्रोत मानिने युबा सेफ सरोज थापाको बिग्यता नेपालमा पनि प्रयोगमा आयोस भन्ने सबैको चाहना छ ।


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयले हालै नेपालमा आयोजित कुरान कण्ठ प्रतियोगिताका विजेताहरूलाई सम्मान गरेको छ, जसमा केटा र केटीहरूका…

दमास्कस - सिरियाली क्रिस्चियनहरूले एक दिन अघि हामा सहरमा क्रिसमसको रूखमा आगो लगाइएपछि आफ्नो धार्मिक अल्पसंख्यकलाई थप सुरक्षाको माग गर्दै…

उत्तर प्रदेशको सम्भल जिल्लाको लदाई सराई क्षेत्रमा बुलडोजरहरू प्रयोग गरी उत्खनन कार्यको क्रममा 50 वर्ष पुरानो स्टेपवेल फेला परेको थियो,…

प्रतिकृयाहरू
...