Friday 11th September 2026

मणिपुरमा शुरू भयो हाइवे पेट्रोलको काम


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको राजमार्ग NH -2 मा भएको विभिन्न प्रकारको अपराधहरूको रोकथामको लागि सरकारले हाइवे पेट्रोल जीपीएस सिस्टम शुरू गरेको छ ।
प्राप्त समाचार अनुसार आज इम्फाल आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झंडोत्तोलन गरेर शुरु गरेका छन ।

सानो समारोहमा बोल्दै बिरेनले भने कि गतः महिना माओ र काङलातोङबी बीच जीपीएस वाहन सेवा शुरू गरेको थियो ।त्यसको सफल परीक्षण पछाडि आज फेरि मोरे र तेङनौपाल बीच यो सेवा शुरू गरिएको हो ।

उनले अगाडि भने कि यसको पनि सफल परिणाम पछाडि राज्यका सबै जिल्लामा यो सेवा शुरु गरिने छ ।
उनले अगाडि थपे कि यस महत कार्यमा सबैले पुलिस कमान्डो पेट्रोल टिमलाई सहयोग गर्नुपर्ने छ ।
स्मरण रहोस् राज्यका मुख्यमन्त्री बिरेनले गतः महिना नै यो सेवाको शुरूआत गरेका हुन ।जसका सकारात्मक परिणामहरू देखा परेका छन ।सरकारले यो पहलले अवश्य पनि राहत पुर्याउने छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...