Thursday 5th March 2026

स्थानीय निर्वाचन तुलनात्मक हिसावले राम्रो देखिएन


तोयानाथ उपेक्षित, तीतोपाटी/स्थानीय तहको निर्वाचन २०७९ को मत परिणाम भोलीबाट आउन शुरु गर्ने छ । परिणामले ल्याउने स्थानीय निकायमा त्यहीका जनप्रतिनिधीलाई हो तर असभ्य र अलोकतान्त्रिक चरित्रका कारण कतिपय ठाउँमा निर्वाचन नै स्थगित भएका घट्नाहरु भए । कतिपय ठाउँमा हिंसा समेत भयो जुन निन्दनीय छ ।

तनहु स्थित व्यास नगरपालिकाका स्वतन्त्र उमेद्धारमाथि सांघातिक हमला भयो । उमेद्धार दिपकराज जोशी सख्त घाईते बने । जुन मतदान केन्द्र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्ने स्थान पनि हो । रौतहटमा मतपेटिका बोकेर खेतैखेत मानिस भाग्दै गरेको भाईरल तस्बीरले के संकेत गर्दछ ? त्यहाँको समाज कस्तो होला भनेर हरेकलाई सोच्न बाध्य बनाउदैन र ?
सोलुतिरको एक मतदान केन्द्र नजिकैको एउटा मासुभात पसलमा युवाहरुले मासुको भाडो नै दोकानदारको टाउकोबाट शरिरमा खन्याई दिने काम कति उचित हो ? व्यापार गर्न नपाउने हो भने शुरुमा निर्वाचन आयोगले प्रतिबन्ध लगाउनु पर्ने हो र पाउने हो भने त्यसो गर्नु कति सम्मको दादागिरीपूर्ण कार्य होला ?

मतदान गर्न जाने शिर्षस्थ नेता मध्ये रौतहटमा माधव नेपालका विरुद्ध चोर भनेर नारा नै लगाईयो भने हालका सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमसीसी पास गरेकोमा मतदान केन्द्रमा बेस्सरी गालीगलौजसहित उनको विरुद्धमा नाराबाजी गरियो ।
अपेक्षाकृत यसपालीको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण नभएर आक्रोश, घृणा र दम्भले भरिएको देखियो । व्यालेट बक्समा लात्तीले हान्ने, मतपत्र मैदानमा ल्याएर त्यसको होली खेल्ने, आपसमा विरोधी समुहबीच ढुंगा हानाहान, लाठी हानाहान गर्ने कार्य धेरै ठाउँमा भए ।

मतदान केन्द्रका फर्निचर तोडफोड गर्ने, घेराबार उखेल्ने र फाल्ने काम धेरै ठाउँमा देखिए । निर्वाचनको पूर्वसंध्यामा ग्यांगवारहरु पनि कतिपय स्थानमा भए । मौन अवधीमा पैसा र प्रलोभनका पोका लिएर मतदाताका घरघरमा जानेहरु कतिपय समातिए कतिपय पिटिए ।

यसपटकको निर्वाचनमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मतपत्रलाई पट्याउनै जानेनन त्यसका लागि कसैले सहयोग गरेको पनि देखियो । धेरै भन्दा धेरै दलका चिन्हका कारण मतपत्र निक्कै भद्धा भएका कारणले यो आम समस्या नै भई दियो । शिर्षस्थ नेता मध्ये कै एक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोप्य मतदानलाई गोख्य राख्न सकेनन । उनले आफूले छाप लगाएको मतपत्र नै सार्वजनिक गरेर आचारसंहिताको उलंघन गरिदिए ।

यसपटक पनि सदा झै समाजको भलो चिताउदै कठिन अवस्थामा पनि मतदान गर्न मानिसहरु गए । क्रियापुत्रीहरु बर्को ओढेर मतदान केन्द्रमा पुगेको देखियो भने कतिपय अस्पतालबाट अक्सिजन लगाएकै अवस्थामा मतदान स्थलमा मत जाहेर गर्न पुगे । कुलमतदाता र खसेको मतका हिसाबले पनि यो पटकको मतदानलाई उस्साहपूर्ण मान्न सकिन्न । समग्र देशभरीको मत प्रतिशत नआएको भए पनि खासै उस्ताहपूर्ण नभएको तथ्यांकहरु रहेको बताईन्छ ।

विगत पाँच वर्ष पहिलेको तुलनामा यसपटक जनता निराश छन भन्ने देखियो । गठबन्धनका कारण पनि स्थानीय शक्ति सन्तुलनमा परेको असरले झडपहरु बढेको अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...