Saturday 14th March 2026

देउवाको सफलता कांग्रेसको लागि दुर्भाग्य हो


तोयानाथ उपेक्षित, तीतोपाटी/ शेखर कोईरालालाई कांग्रेस विधि र पद्धतीमा चल्ने पार्टी हो भन्ने भ्रम रहेछ शायद यो भ्रम जीवनभर समाप्त नहोला । यसै कारण शेखर कोईराला सधैका लागि कांग्रेसको भरिया मात्र भईरहने छन । भ्रममा बाँच्नेहरु भनेका नै कांग्रेसीजनहरु हुन भन्दा गाली जति गरुन तितो सत्य यहि हो । जहाँ विधी र पद्धती कुरा गरेर नथाक्ने माधव नेपाल समेत अहिले जोडिएका छन । अब कोईराला समुहले देउवाको विरुद्धमा बोल्न भन्दा चुप लागेर बसेकै राम्रो किनकी माधव नेपाल र प्रचण्डले उनको भ्रमको पर्दा च्यातेर देखाई दिने छन । यो सँगै यस्ता दिनहरुको शुरुवात भईसकेको छ की कांग्रेस दिन दुई गुणा रात चौगुणा घटदै जानेछ र एक दिन भारतको कांग्रेस आईमा परिणत भएछ भने अचम्म मान्न पर्ने हुदैन ।

प्रचण्ड जहाँ पस्यो त्यो फस्यो । ओली बल्लतल्ल उनको जालबाट फुत्किएको देउवाले देखेनन ? देख्दा देख्दै देउवालाई किन दशा लागेको हो बुझ्न सकिएको छैन । अहिले देशभरीका कांग्रेसीहरु भकाभक नेपाली कांग्रेस छाडी रहेका छन । त्यसरी कांग्रेस परित्याग गर्नेहरुको विकल्प राजेन्द्र लिंगदेनको राप्रपा मुख्य रुपमा अगाडी आएको छ । त्यसो त अरुले पनि अलिअलि भाग भेट्ने छन । कांग्रेसको तौल देउवाले आफै घटाएका छन र केही जस त माधव नेपाल र प्रचण्डलाई पनि जानु पर्दछ । गठबन्धनले गर्दा यसै त उनीहरु सवैलाई सिमीत उमेद्वार संख्या मा झारिदियो भने त्यसमा पनि कति नै पो जित्छन र गठबन्धनका उमेद्धारहरुले भन्ने पिरलो थपिदिएको छ । एमालेले गठबन्धनका उमेद्धारहरु मध्ये आधा संख्यालाई मात्र पनि हराई दियो भने बचेको आधालाई पाँच भाग लगाउदा कांग्रेस कत्रो दल बन्ला ? बागी उमेद्धारलाई प्रचण्ड र माधवको दवावले कांग्रेसले धम्क्याउदा झन परिणाम भयावह हुदै गएको छ । कांग्रेसमा तल्लो तहमा ठुलै विचलन पैदा भईसकेको बुझाई सवत्र छ र अब बागीलाई चलाउन हुन्न भन्ने निर्णयमा कांग्रेस नेतृत्व पुगेको देखिन्छ तर माधव र प्रचण्डको दवावमा परेका देउवाले अझै काम विर्गान सक्ने देखिन्छ । अब बागीलाई कारबाही नगर्ने भन्ने एक काग्रेसका नेताको पछिल्लो अभिव्याक्तिले त्यही कुरालाई स्पष्ट पार्छ ।

विगतमा आफै सभापती र प्रधानमन्त्री हुदा गराएको चुनावमा समेत शर्मनाक पराजय भोगका शेर बहादुरले गठबन्धन गरेर एमालेले विगतमा ल्याएको झण्डै दुई तिहाई मत लाई यसपाली आफूतिर पार्न जे सिको गरे गल्ती यहि भईसकेको छ । बाम पृष्ठभूमिका दलहरुबीचको गठबन्धन प्राकृतिक थियो र अहिलेको अप्राकृतिक छ भने कुनै विद्धान कांग्रेसीले देउवालाई बुझाउन सकेको देखिएन । माधब नेपाल र प्रचण्डले उनलाई प्रधानमन्त्री बनाएको गुन तिर्न नै देउवाको ध्यान देखियो । यो उनको ऐतिहासिक भुललाई समयले देखाउने छ । हिजो विचारको सामिप्यता हुनेहरुको गठबन्धन थियो जसलाई तल्लो स्तरका मतदाता र कार्यकर्ताले सहजै स्वीकारेका थिए तर आज स्वार्थको सामिप्यतामा आधारित गठबन्धन हो भन्नेमा उनीहरुका मतदाता पनि प्रष्ट छन त्यही भएर देशव्यापी रुपमा कांग्रेसमा विद्रोह भईरहेको छ । पाँच दलिय गठबन्धनमा उनीहरुका कार्यकर्ताहरुको किन्चित रुची र उत्साह छैन ।

चार तारे झण्डा समाएर चुनावमा हिडने अधिकांस मतदाताले हसिया हतौडा, छाता वा कलममा भोट हाल्दैनन । कांग्रेसका कमसेकम १० प्रतिशत मतदाता हिजोका दिनमा माओवादीबाट कुनै न कुनै रुपमा प्रताडित छन जसको हात उनीहरुका चुनाव चिन्ह सम्म पुग्दैन । केन्द्रले सिद्धान्त र विचार त्यागेर स्वार्थीहरुको गठजोठ गर्यो भन्नेमा सवै सहमत छन । उनीहरु विपीको सिद्धान्त र विचार बुझेर कांग्रेसमा लागेका हुन भने यो गठबन्धन उनीहरुको भावनाका विरुद्ध छ भन्ने पनि जान्दछन ।

शेखर कोईरालाले हिजो मात्र एक कार्यक्रममा कांग्रेसको आलोचना गरे । अरु त देउवाका सामु बाघका अगाडी लम्पसार परेको घोडा झै भएकै छन । सृजनालाई कानपा को मेयर दिने सर्तमा प्रकाशमानले घुडा टेकेका रहेछन भन्ने बल्ल छर्लंग भएको छ भने रामचन्द्र पौडेलले देउवाको स्तुती किन गाउदैछन भन्ने बुझ्न पनि गाहो छैन । कांग्रेस सत्तामा आयो भने सवै खुल्दै जानेछ ।

अब यो विधी र पद्दतीका कुरा गर्ने माधव नेपाल र प्रचण्डको पार्टी किन अहिले सम्म एकिकरण भईरहेको छैन भन्ने कुरा समेत देउवाले चाल पाईरहेका छैनन । उनीहरु आउदो संघिय चुनाव नभएसम्म कांग्रेससँग बार्गेनिंग गरेर टिकटको भागबण्डा आफू तिर बहुमत हुने गरी खोज्नेछन र त्यस पछि पार्टी एकिकरण मा जानेछन । यसो हुदा देउवालाई सधै साईजमा राख्न पाईन्छ र आफूहरु उनको नेतृत्वमा सरकार बनाउन पर्ने अवस्थामा जान परे पनि सरकार आफ्नै डाईरेक्सनमा चलोस भन्ने प्रचण्डको रणनितीले काम गर्ने छ । यो कुरा कांग्रेसमा सवैले बुझे पनि देउवाले नबुझेसम्म कसैको केही नलाग्ने रहेछ । देउवा साँच्चैका राजनैतिक खेलाडी नै रहेछन । उनलाई सवैले असफल भने पनि उनी स्वयंम मा भने एकदमै सफल व्याक्ति हुन जुन सफलता कांग्रेस पार्टीका लागि चाही ठुलो दुर्भाग्य हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...