Thursday 1st January 2026

कहीँ नभएको कुरा नेपालमा हुन्छ


तोयानाथ उपेक्षित, तीतोपाटी / नेपालका बहालवाला मन्त्रीहरुको बोली सुन्नु भएकै होला, पुलिसको हवल्दार, सिनेमाको गेटकी, गाडीको खलासी र कैदीको नाइकेको जस्तै स्तरको लाग्छ । तपाईलाई तिनका अभिव्याक्ति जस्तो लागे पनि कसैले केही भनेर केही हुनेवाला छैन । तीनका नेताहरुको आर्शिवाद र झोले कार्यकर्ताको जयजयकार रहेसम्म हामीले त्यस्तालाई पनि मन्त्री नै मान्नु पर्दछ । यति साह्रो सोझो र क्षमाशिल जनता नेपालमा मात्र पाईन्छ । अनि त्यस्ता मन्त्रीहरु नेपालमा मात्र भेटिन्छन् ।

असारको पन्ध्रमा हिलो खेल्ने बहानामा अर्काका श्रीमति समात्ने यो देशकै मन्त्री थिए । सेक्युरिटी प्रिन्टिंग प्रेसमा भएको बार्गेनिंगमा कर्मचारीलाई फोहरी शव्द प्रयोग गरेर बोल्ने कुनै बेला सरकारका प्रवक्ता थिए । रक्सीको बोतल सहित आफ्नै सचिवालयका महिला कर्मचारीका कोठामा राती राती पुग्ने हाम्रै देशका तत्कालिन बहालवाला सभामुख थिए । कर्सी उठाएर संसदमा झटारो हान्ने माननिय अहिले बहालवाला अर्थमन्त्री छन । मान्छे तुरुन्तै उठाई दिन्छु तँ कहाँ छस चीनी खाने र जाड खाने फलाना भन्दै अश्लिल शव्दको प्रयोग गर्ने बहालवाला मन्त्रीको वोली सार्वजनिक भई सक्दा पनि उक्त पद त्याग्न पर्ने कुनै नैतिक र कानूनी बाध्यतामा उनी छैनन् ।

हो यस्ता नर्क खान लायक नेताहरुले नेपाली जनतालाई स्वर्ग दिलाई दिन्छु भन्दा पत्याउने र ताली लगाउने जनता अन्त कहीँ छैनन नेपाल मै छन । जिउँदै चिम्नीमा मान्छे पोल्नेहरुलाई कारबाही गर्न हुन्न भनेर जुलुस लगाउने जनता हाम्रै देशमा छन । भ्रष्टचार गरेर अकुत कमाउने छुट अन्त कहि छैन नेपाल बाहेक । तर तिनलाई सय किलाको माला उनेर जेलमा स्वागत गर्ने परम्परा पनि नेपाल मै छ ।

साम्राज्यवादी, विस्तारबादी भन्दै अमेरिका र भारतलाई गाली गर्न सिकाउने र तिनै सँग भित्रभित्रै साँठगाठ गर्ने माक्सवादी लेलिनबादी दर्शन अन्त कहीँ नभएर नेपाल मै लागु गर्ने अभ्यास हुन्छ । भारतसँग सुरुंग युद्ध गर्ने भन्दै देशमा शसस्त्र युद्ध गर्न लगाउने नेता भने भारत मै सेल्टर हालेर बसेको रोचक ईतिहास अन्त कुनै देशमा पाइँदैन ।

संसदिय प्रणाली भएका मुलुक मध्ये नेपाल मात्र यस्तो देश हो जहाँ प्रधानमन्त्री संसदले नभएर अदालतले तोकिदिन्छ । यहि देशमा कही नभएको अधिकार प्रमले प्रयोग गर्दछन् । अदालतले गरिदिन्छ र नेतादेखि कार्यकतासम्मले नै आफ्नो ईच्छा अनुकुल भए ताली लगाउँछन नभए राँको बाल्छन कानून कसैलाई लाग्दैन, कहीँ नभएको कुरा नेपालमा हुन्छ । क्रमस …….


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...