Monday 15th September 2025

नेपालमा अत्याधुनिक वृद्धाश्रम बनाउने एनआरएनएको घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो।

सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३ करोड ५६ लाख पचास हजार दुई सय बाइस रुपैयाँको प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ।बैठकले संघको आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ।

संघका राष्ट्रिय समिति (एनसिसिहरुमा) भएका समस्या समाधानका लागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरी समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ।संघका नवनिर्वाचित अध्यक्षहरु ड. बद्री केसी, कुल आचार्य र रविनाद्वारा आजै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरु (आइसिसि सदस्यहरु) लाई सपथग्रहण गराएका छन्।संघका प्रवक्ताद्धय शिव वरुवाल र सोम सापकोटाद्वारा सोमबार जारी विज्ञप्ति अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने भएको छ।

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा…

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

प्रतिकृयाहरू
...