Monday 20th October 2025

प्रवर्द्धनात्मक कार्यमा नेपाली दूतावास कुवेतको सहभागिता


कुवेतको स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली दुतावास कुवेतले पनि सहभागिता जनाएको छ । कुवेतका लागि नेपाली राजदुत  दुर्गा प्रसाद भण्डारी सहित  दुतावास कुवेतका प्रतिनिधिहरु नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखेका थिए भने  कार्यक्रममा  नेपाली कलाकारहरु सास्कृतिक प्रस्तुति दिएको दुतावासको आधिकारिक फेशबुक पेजबाट जानकारी दिएको छ । 

नेपाली दुतावास कुवेतले आफ्नो  फेशबुक पेजमा जारी सुचना  जस्ताको तस्तै:-    

कुवेतको Independence and Liberation Days तथा अन्तर्राष्ट्रिय महिला दिवस (International Women’s Day) को अवसरमा स्थानीय Deanery of Diplomatic Corps र Diplomatic Women’s Committee को संयुक्त तत्वावधानमा हिजो १९ मार्च २०२२ का दिन कुवेत सिटीमा आयोजित Cultural and Entertainment Event मा यस दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनायो ।
नेपालको सामाजिक-सांस्कृतिक विविधता र महत्व झल्काउने प्रचार सामग्री, हिमाल, पहाड लगायत पर्यटकीय महत्वका सामग्रीहरू, पोस्टर, ब्रोस्योर (brochures), हस्तकलाका सामग्री, नेपाली लोक बाजा आदिले सजाइएको नेपाली स्टलको उल्लेख्य संख्यामा आगन्तुकहरूले भ्रमण गर्नुका साथै अभिरूची पूर्वक अवलोकन गरी नेपालका सांस्कृतिक विविधता, सम्पदा, पर्यटन र उत्पादनका सामग्रीबारे जिज्ञासाहरू राखेका थिए । दूतावासमा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, उहाँकी धर्मपत्नी र दूतावासका कर्मचारीहरूद्वारा उहाँहरूको जिज्ञासालार्इ संवोधन गर्दै नेपाल भ्रमणका लागि अनुरोध गरिएको थियो ।
नेपाली स्टलमा राखिएका नेपाली परम्परागत तथा लोकप्रिय खानाका परिकार मःमः, सेलरोटी, फुलौरा, बारा, पकौडा बारेमा आगन्तुकहरूले जानकारी लिनुका साथै रूचि देखाएका थिए । स्थानीय नेपाली कलाकारहरूले नेपाली लोक बाजा सहितको सांस्कृतिक प्रस्तुती एवं नेपाली पहिरनमा सजिएका कलाकारहरूको नेपाली गीत माथिको नृत्यलार्इ उपस्थित दर्शकहरूले कर्तल ध्वनीको साथ प्रशंसा गरेका थिए ।
बसन्त ऋतु (Spring) को आगमनसँगै मनोरञ्जनात्मक कार्यक्रम सहितको यो विशेष अवसरमा आयोजित प्रवर्द्धनात्मक कार्यक्रममा नेपाली दूतावासको सहभागिताले नेपालको पर्यटन क्षेत्र एवं सामाजिक-सांस्कृतिक वैभवता एवं विविधता लगायत केही हदसम्म नेपाली उत्पादनको स्थानीय बजारमा प्रचार प्रसारमा सहयोग पुग्न गएको अपेक्षा गरिएको छ ।
—————————————-
नेपाली राजदूतावास, कुवेत
मितिः २०७८/१२/६ (तदनुसार २० मार्च २०२२)

 


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको…

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल…

तितोपाटी- नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४…

प्रतिकृयाहरू
...