Monday 13th January 2025

बुलन्द आवाजले नेपालमा भेटायो कुवेतका ’असल यात्री’लाई


तीतोपाटी – आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय गर्दै गरेका असल यात्रीको असामान्य कथा शीर्षकमा एउटा भिडियो कथा नै तयार पारेर न्यूज२४ नेपालको युटुब मार्फत सार्वजनिक गरेका छन् ।

न्यून ज्यालामा वैदेशिक रोजगारी गरेर पनि यति धेरै सामाजिक सेवाका कार्य गरेका उनी सफलताको शिखर चुम्दै हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत बाट आइसीसी सदस्य निर्वाचित भएका छन् भने कुवेतमा रहेर विभिन्न संघसंस्थाको समेत नेतृत्व गरिसकेका छन् । असल यात्रीले कुवेतमा रहेर पनि आफ्नो जन्मथलोमा रहेका विद्यालय देखि असक्त, गरीबगुरूवाहरूलाइ गरेको सहयोगले उनको उचाय अझ बढेको छ भने केही गरौं भन्ने मानिसलाइ धन होइन मन ठुलो बनाएर कर्म गर्ने चाहे असम्भव भन्ने केही छैन भन्ने प्रमाणित गरिदिएको छ ।
अन्य जानकारीको लागि तलको भिडियो हेर्नुहोला ।

 


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने भएको छ ।…

यो कुनै गोप्य कुरा होइन कि लेबनानको भाग्य र स्थिरता सधैं साम्प्रदायिक आन्तरिक शक्तिहरूको नाजुक सन्तुलन, क्षेत्रीय अरब शक्ति सन्तुलन,…

डुमामा विद्रोही समूहका कमाण्डर अहमद ताहाले सिरियाली अन्तरिम सरकार र अहमद अल-शारा रणनीतिक रूपमा (रूसको बारेमा) सोच्न चाहन्छन् भन्ने कुरा…

प्रतिकृयाहरू
...