Thursday 22nd January 2026

कुवेतका लागि नेपाली राजदूत र कुवेतका सहायक विदेशमन्त्री वलीद अल खुबैज़ी भेटवार्ता सम्पन्न


कुवेतका लागि नेपाली राजदूत  दुर्गाप्रसाद भण्डारी र  कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs His Excellency Waleed Al-Khubaizi बीच आज स्थानीय परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ  । भेटका अवसरमा उहाँहरू बीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं  आपसी हितसँग सम्बन्धित विषय विशेषतः उच्चस्तरीय भेटघाट, सहयोगात्मक सम्बन्धको थप विकास र विस्तार, नेपालीहरूको रोजगारीका अवसर लगायत नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सवसँग सम्बन्धित विषयमा कुराकानी भएको नेपाली दुताबास कुबेतको आधिकारिक फेशबुकबाट जानकारी गराएको छ ।
सो भेटवार्ताका  अवसरमा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावास, कुवेतका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...