Sunday 11th October 2026

भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ


तीतोपाटी डटकम -भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया पूजा गुभाजु घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र ढाडको भाग जलेको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...