निक्कै बिबादित बन्न पुगेको अमेरिकन सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका चार दल नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा शिर्स नेताको बैठक उक्त निर्णय गरेको हो ।
एमसिसी विशुद्ध आर्थिक सहयोग हो, यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन, नेपालको संविधानभन्दा माथि छैन भने व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने कुरा बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी गराउदै आजै प्रतिनिधि सभाका दुई बैठक बसेर एमसिसी पारित हुने नेता पौडेलले बताए ।