Tuesday 20th January 2026

व्याख्यात्मकसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको  बताए।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। गठबन्धन जोगाउन माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...