Saturday 30th November 2024

परराष्ट्र मन्त्रालयद्वारा युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह


नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो।

परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो समयमा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ। यस्तै युक्रेनमा बस्ने सबै नेपालीलाई विकास भइरहेको अवस्थाको गणना गर्न र युक्रेनमा बस्न आवश्यक नभएसम्म नेपाल फर्कन, उडान भर्न अनुरोध गरेको छ।

त्यस्तै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् भने उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। मन्त्रालयले सबै नेपालीलाई कुनै पनि सहयोगका लागि बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

 


सम्बन्धित शीर्षकहरु

आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर । मनमा…

गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न…

वासिङ्टन: सिरियाको सबैभन्दा ठूलो सहर र पुरानो व्यापारिक केन्द्र एलेप्पोमा विद्रोहीले गरेको अचम्मको आक्रमणको कारण सिरियामा १३ वर्षको गृहयुद्ध फेरि…

प्रतिकृयाहरू
...